
नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले नयॉ अग्रगामी वैकल्पिक शक्ति निर्माण गर्ने रणनीतिक लक्ष्यसहित नेकपा माओवादी केन्द्रसँग चुनावी तालमेल गरिएको बताएका छन् ।
भट्टराईले तालमेलसम्बन्धी सहमतिपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ र नेसपाका अर्का अध्यक्ष महिन्द्र राय यादवसँगको तस्बिर पोस्ट गर्दै सामाजिक सञ्जालमा भनेका छन्, ‘नयॉ यात्राको शुरूवातमा गम्भीरता र खुशी !’
भट्टराईले दुई पार्टीबीच मंसीर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा एउटै चुनावचिन्ह (गोलाकारभित्रको हॅसिया(हथौडा) लिएर लड्ने सहमति भएको पनि बताएका छन् ।