२७ जेठ २०८३, बुधबार

प्रचण्डलाई भेटेपछि हर्क साम्पाङले भने–सर्दु खोलामा श्रमदान गर्न आउने निम्तो दिएँ

प्रचण्डलाई भेटेपछि हर्क साम्पाङले भने–सर्दु खोलामा श्रमदान गर्न आउने निम्तो दिएँ

काठमाडौं आएको बखत माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेटेका धरानका मेयर हर्क साम्पाङले सो क्रममा श्रमदानका लागि निम्ता दिएको बताएका छन् । ‘आज प्रचण्डसँग भेट भयो मैले उहाँलाई सर्दु खोलामा श्रमदान गर्न आउने निम्तो दिएँ ।’ उनले सामाजिक सञ्जालमा भनेका छन् । 

प्रचण्डले आफ्नो निम्तो स्वीकारेर हुन्छ भनेको साम्पाङको भनाइ छ । उनले आफू प्रचण्डको पर्खाइमा रहेको बताउँदै भनेका छन्, ‘ उहाँले हुन्छ भन्नु भो । हेरौँ कहिले आउनु हुन्छ !’ साम्पाङ प्रचण्डलाई भेट्न मंगलबार बिहान खुमलटार पुगेका थिए । स्वतन्त्रबाट मेयर जितेका साम्पाङले धराने जनतालाई पानी खुवाउने भन्दै सर्दु खोलामा श्रमदान अभियान चलाउँदै आएका छन् ।  धरानको विकासमा फिल्डमा उत्रिएर धेरैलाई श्रमदानमा प्रेरित गरिरहेका उनी हाल चर्चामा छन् ।  

salt training

कमेन्ट गर्नुहोस्