०२ साउन २०८३, शनिबार

राष्ट्रपतिको विरोधमा भैरहवामा प्रदर्शन, पुत्ला दहन

राष्ट्रपतिको विरोधमा भैरहवामा प्रदर्शन, पुत्ला दहन

 नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरी फिर्ता पठाएको विरोधमा जनता समाजवादी पार्टी, नेपाल (जसपा) रुपन्देहीको भैरहवामा प्रदर्शन गरेको छ ।  कार्यक्रममा राष्ट्रपतिको पुत्ला दहन समेत गरिएको छ । 

पार्टीले भैरहवास्थित मिलनचोकमा मंगलबार प्रदर्शन तथा विरोध सभा गरेको जसपा निकट समाजवादी युवा संघ, नेपाल लुम्बिनी प्रदेशका उपाध्यक्ष विकास यादवले बताए ।
कार्यक्रममा बोल्दै  जसपाका केन्द्रीय सदस्य महेन्द्र यादवले राष्ट्रपतिबाट नागरिकता विधेयक फिर्ता हुनु दुःखद भएको बताए । उनले जनताले राजनीतिक दल चिन्ने बेला आएको बताए । 

पार्टीका केन्द्रीय सदस्य ओमप्रकाश यादवले राष्ट्रपति तत्काल आफ्नो गल्ती सच्याउनुपर्ने माग गरे । उनले राष्ट्रपति सिंगो मुलुकको कि एउटा पार्टीको भन्दै प्रश्न गरे ।

पूर्व कृषि राज्यमन्त्री ओमप्रकाश यादव (गुल्जारी)ले नागरिकताबाट वञ्चित जनतालाई नागरिकता दिलाउन सरकार अगाडि बढेको बेला राष्ट्रपतिबाट नागरिकता विधेयक फिर्ता पठाउनु गलत भएको बताए ।  

नागरिक अगुवा आनन्द प्रसाद गुप्ताले नागरिकता नभएकै कारण लाखौं नागरिक विभिन्न अवसरबाट वञ्चित भएको बताए । उनले राष्ट्रपतिको कदम गलत भएको आरोप लगाए । 
जसपाका नेता शतिषचन्द्र मिश्राले नागरिकताबाट वञ्चित जनतालाई नागरिकता दिनुपर्ने बताए ।

salt training

कमेन्ट गर्नुहोस्