२४ जेठ २०८३, आइतबार

आँचल शर्माको ‘वर एण्ड वधु’ फागुनमा आउने

आँचल शर्माको ‘वर एण्ड वधु’ फागुनमा आउने

अभिनेत्री आँचल शर्माको मुख्य भूमिका रहेको चलचित्र ‘वर एण्ड वधु’को प्रदर्शन मिति तय गरिएको छ ।

निर्देशक मिलन चाम्सका अनुसार चलचित्रले फागुन १९ गतेलाई आफ्नो प्रदर्शन मिति तय गरेको हो ।

रोमानियामा चलचित्रको छायांकन सकेर नेपाल फर्किएलगत्तै यसको निर्माण टीमले चलचित्रको प्रदर्शन मिति तय गरेको हो । वितरकसँग सल्लाह गरेर फागुनलाई प्रदर्शन मिति तय गरिएको निर्देशक चाम्सले बताए ।

लभ स्टोरी र कमेडी जनरामा तयार भइरहेको ‘वर एण्ड बधु’मा अभिनेत्री आँचलसँगै नव–अभिनेता विवेक कर्माचार्यको मुख्य भूमिका छ । रोमानियामा छायांकनका केही तस्वीर समेत निर्माण पक्षले सार्वजनिक गरेको थियो, जसमा आँचल र विवेक रोमान्टिक देखिएका छन् ।

एलआरके इन्टरटेन्मेन्टको ब्यानरमा चलचित्र तयार भएको हो । चलचित्रका कार्यकारी निर्माता डा. अमित रिजाल हुन् । चलचित्रमा जानुका थापाको लगानी छ ।

भदौ र असोजपछि नेपाली चलचित्रका निर्माताको आँखा फागुन महिनामा बढी देखिएको छ । मंसिरको निर्वाचन र त्यसलगत्तै आउने विश्वकप फूटबलका कारण पनि धेरै निर्माता फागुन र चैतलाई टार्गेट गरिरहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्