
माछापुच्छ्रे र्बैंकले अत्याधुनिक प्रविधिमा आधारित मोबाइल बैंकिङ एप, एमबीएस एम–स्मार्टमा स्मार्ट लोन एगेन्स्ट फिक्स्ड डिपोजिट सुविधाको सुरुवात गरेको छ ।
उक्त सुविधा अन्र्तगत ग्राहकले घरमै बसेर माछापुच्छ्रे बैंकमा रहेको आफ्नो मुद्दती निक्षेपबाट चाहेको बखतमा लोन एगेन्स्ट फिक्स्ड डिपोजिट सुविधा प्रयोग गरि मोवाइल बैंकिङ्ग सुविधा मार्फत सजिलै कर्जा लिन सक्ने बैंकले जनाएको छ ।
कर्जा लिनको लागि बैंकसम्म पुगि विभिन्न कागजात पेश गर्ने झन्झटबाट ग्राहकलाई मुक्ति दिने उद्देश्यले बैंकले उक्त सुविधा संचालनमा ल्याएको बैंकको भनाइ छ ।
माछापुच्छ्रे बैंकले ग्राहकलाई खाता खोल्नका लागि बैंकसम्म आउनु नै नपर्ने गरि अनलाईन तथा मोवाइल बैंकिङ्ग एप मार्फत खाता खोल्ने, आफ्नो बचत खातामा रहेको रकमलाई मुद्दती खातामा रुपान्तरण गर्ने र सोही मुद्दती खातामा प्राप्त गर्ने सुविधा लोन एगेन्स्ट एफडी सहज र सरल तरिकाबाट आफुले चाहेको समयमा लिन सक्नेछन् ।