
दार्चुलाको शैल्यशिखर ६ उल्टानीमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।
गोकुलेश्वरबाट सदरमुकाम खलंगा जाँदै गरेको से १ ज ५५१ नम्बरको जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी प्रतिक विष्टले जनाकारी दिए ।
उनका अनुसार दुर्घटनामा परी ४ जना घाइते भएका छन् ।
घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घटनाको पूर्ण विवरण आइसकेको छैन ।
दुर्घटना के कारणले भएको भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।