
मोरङको सुन्दरहरैचामा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ ।
गएराति १० बजे बालकृष्ण गिरीको घरमा आगलागी हुँदा बेलबारी नगरपालिका ११का कुमार श्रेष्ठको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार श्रेष्ठ गिरीको घरमा रङ लगाउने काम गर्न त्यहीँ बस्ने गरेका थिए ।
विद्युत सर्ट भएर आगलागी हुँदा श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घरसँगै रहेको गिरीको काठ मील समेत जलेर नष्ट भएको छ ।
आगलागीको क्षतिको विवरण भने नआइसकेको प्रहरीले जनाएकाे छ ।