११ असार २०८३, बिहीबार

असोजसम्ममा उपत्यकावासीलाई मेलम्चीको पानी

कात्तिक २०, २०७४
असोजसम्ममा उपत्यकावासीलाई मेलम्चीको पानी


काठमाडौँ, २१ पुस - तोकिएको समयमा मेलम्चीको पानी काठमाडौँ आइपुग्ने सम्भावना बढेको छ । मेलम्चीदेखि सुन्दरीजलसम्मको सुरुङ निर्माणको काम अब ५.४ किमि मात्र बाँकी हुँदा २०७४ असोज महिनाअघि नै पानी ल्याउन सकिने अनुमान गरिएको छ । मेलम्ची खानेपानी विकास समितिले पनि सोहीअनुसार काम भइरहेको जनाएको छ, आजको गोरखापत्रले खबर छ ।Melamchi
समितिका उपकार्यकारी निर्देशक रमाकान्त दुवाडीले आफूहरू उपलब्धिनजिक रहेको र उत्साहित भएको वताए । उनले भने , ‘२०७४ असारसम्म टनेल (सुरुङ) सम्पन्न गर्ने र बाँकी अवधिमा टनेलको फिनिसिङ गरेर असोज मसान्तसम्ममा पानी ल्याउने योजना छ । ’ उनका अनुसार अब टनेलको काम २० प्रतिशतमात्र बाँकी छ ।
सुन्दरीजल–सिन्धु खण्डको सुरुङ जोडिइसकेको छ । सिन्धु–ग्याल्थुम र ग्याल्थुम–अम्बाथान खण्ड जोडिन बाँकी छ । डिसेम्बर महिनामा दैनिक करिब २० मिटरका दरले सुरुङ खनिएको थियो भने जनवरीबाट गति बढाउने समितिले जनाएको छ । सोही अनुपातमा सुरुङ खन्ने हो भने पनि अब ६ महिनामा सुरुङ खन्ने काम सम्पन्न हुनेछ । यसले निर्धारित समयमा काम सम्पन्न हुने देखाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्