०५ साउन २०८३, मंगलबार

एनएमबि बैंकका ग्राहकले अब बुद्ध एयर र यती एयरमा क्यासब्याक पाउने

एनएमबि बैंकका ग्राहकले अब बुद्ध एयर र यती एयरमा क्यासब्याक पाउने

आउँदो चाड पर्वलाई मध्य नजर गर्दै एनएमबि बैंकले अहिलेबाट नै क्यासब्याक अफर सार्वजनिक गरेको छ ।

एनएमबिका ग्राहकले अब बुद्ध एयर र यती एयरको एप र वेबबाट एनएमबि बैंकको डेबिट र क्रेडिट कार्ड प्रयोग गरी प्रत्येक टिकट खरिद गर्दा क्रमशः ३५० रुपैयाँ र ५००  रुपैयाँ क्यासब्याक सुविधा पाउने भएका छन् ।

क्यासब्याक सुबिधाको लागि ग्राहकहरूले आफ्नो एनएमबि कार्डहरूमा ई–कमर्स सक्रिय गर्नु पर्ने बैंकले जनाएको छ ।

यो सुविधा सीमित अवधिको लागी मात्र उपलब्ध रहने बैंकको भनाइ छ ।
 

salt training

कमेन्ट गर्नुहोस्