०५ साउन २०८३, मंगलबार

देशभर बदली, कहाँ–कहाँ वर्षाको सम्भावना ?

देशभर बदली, कहाँ–कहाँ वर्षाको सम्भावना ?

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान  भन्दा दक्षिणमा अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बिहीबार बिहान गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ।  

यस्तै बागमती प्रदेश र  गण्डकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जनसहित हल्का वर्षा भइरहेको पनि महाशाखाको भनाइ छ। यस्तै दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यस्तै राति प्रदेश १, मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै तथा अन्य प्रदेशका एक दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

salt training

कमेन्ट गर्नुहोस्