२२ जेठ २०८३, शुक्रबार

भरतमोहन अधिकारी फाउण्डेशनद्वारा ज्येष्ठ नागरिकलाई मोबाइल

भरतमोहन अधिकारी फाउण्डेशनद्वारा ज्येष्ठ नागरिकलाई मोबाइल

भरतमोहन अधिकारी स्मृति प्रतिष्ठानले आफैंले सञ्चालन गर्दै आएको शैक्षिक कार्यक्रममा शिक्षार्थीका रुपका सहभागी ज्येष्ठ नागरिकलाई मोबाइल फोन वितरण गरेको छ । 
प्रतिष्ठानले ललितपुरको बुङमतिमा ४० निरक्षर ज्येष्ठ नागरिकका लागि गत वर्षदेखि साक्षरता कार्यक्रम सञ्चालन गर्दै आएको छ । कक्षामा सहभागी सबैलाई एक थान मोबाइल फोन उपलब्ध गराइएको प्रतिष्ठानले जनाएको छ । 
बुधबार बुङमतिमा आयोजित कार्यक्रममा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले ज्येष्ठ नागरिकलाई मोबाइल हस्तान्तरण गरे । प्रतिष्ठानले अधिकारीको ८६ औं जन्मजयन्तीका अवसरमा गत वर्ष एक वर्षे ‘ज्येष्ठ नागरिकका लागि आधारभूत शैक्षिक कार्यक्रम’ मार्फत निरक्षर ज्येष्ठ नागरिकलाई सामान्य लेखपढ गर्न, हिसाब राख्न, मोबाइल फोन, इलेक्ट्रोनिक सामान र टेलिफोन प्रयोग गर्न तथा सडक संकेतबारे जानकारी लिन सक्ने बनाइने घोषणा गरेको थियो । 

समयसीमाभित्रै उक्त लक्ष्य हासिल भएको प्रतिष्ठानकी सदस्य एवं दिवंगत वामपन्थी नेता अधिकारी पुत्री लीमा अधिकारीले जानकारी दिइन् । ज्येष्ठ नागरिकलाई आफन्त, साथीभाई र सन्तानहरुसँग कुराकानी गर्न सहज होस भन्नका लागि मोबाइल वितरण गरिएको अधिकारीले बताइन् । 

प्रतिष्ठानले प्रदेश–१ को विराटनगरमा पनि यस्तै प्रकृतिको शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको छ । कार्यक्रमलाई सातवटै प्रदेशमार्फत देशभर विस्तार गरिने प्रतिष्ठानकी अध्यक्ष एवं भरतमोहनकी धर्मपत्नी सविता अधिकारीले जानकारी दिइन् । 

salt training

कमेन्ट गर्नुहोस्