०१ असार २०८३, सोमबार

प्यालेष्टिनी राष्ट्रपति अब्वास उपचारपछि घर फिर्ता

कात्तिक २०, २०७४
प्यालेष्टिनी राष्ट्रपति अब्वास उपचारपछि घर फिर्ता

रामाल्लाह (प्यालेष्टिनी क्षेत्र), १४ साउन - प्यालेष्टेनी राष्ट्रपति महमुद अब्बास नियमित श्वास्थ्य परीक्षणका लागि वेस्ट वैङ्कस्थित अस्पतालमा भर्ना भई सामान्य उपचारपछि शनिबार नै घर फर्किनुभएको प्यालेष्टिनी वाफा न्यूज एजेन्सीले जनाएको छ ।abbas
बयासी बर्षीय नेता “केही घण्टा लामो स्वास्थ्य परीक्षणका लागि अस्पताल भर्ना हुनुभएको थियो,” उहाँका प्रवक्ता नबिल आबस रुदैनाले एक विज्ञप्ति जारी गरी जानकारी दिनुभयो ।
वाफले रामाल्लाहस्थित इस्तिशारी अस्पतालमा नियमित स्वास्थ्य परीक्षणपछि घर फर्किनुभएको छ । उहाँको उपचारमा सम्लग्न चिकित्सकले प्यालेस्टिनी एक टेलीभिजनमार्फत नेता अब्वासको सम्पूर्ण परीक्षणमा कुनै समस्या नदेखिएको बताउनुभयो ।
यासेर अबु साफियाले भन्नुभयो, “राष्ट्रपतिको स्वास्थ्य विल्कुलै राम्रो रहेको परीक्षणमा देखिएको छ ।”
गतबर्ष पनि अक्टुबरमा मुटुको परीक्षणका लागि भर्ना भै उपचार गराउनुभएका उहाँको मुटुमा कुनै समस्या नभएको बताइएको थियो ।
प्यालेष्टिनी राष्ट्रपति अब्बास सन् २००५मा चार बर्षको लागि निर्वाचित भएपनि त्यसपछि उक्त पदका लागि निर्वाचन नभएकाले उहाँ राष्ट्रपतिकै रूपमा कार्यालयमा रहँदै आउनुभएको छ । उहाँले आफ्नो उत्तराधिकारी छान्ने कुनै सङ्केत देखिएको छैन ।

salt training

कमेन्ट गर्नुहोस्