०३ साउन २०८३, आइतबार

गजेन्द्र महतको ठट्टा– राष्ट्रपति कार्यालयलाई राति काम गर्ने बानी परेको छ, दिउँसो विधेयक नपठाउनु होला

गजेन्द्र महतको ठट्टा– राष्ट्रपति कार्यालयलाई राति काम गर्ने बानी परेको छ, दिउँसो विधेयक नपठाउनु होला

नेकपा माओवादी केन्द्रका सांसद गजेन्द्र महतले राष्ट्रपति कार्यालयबाट महत्वपूर्ण निर्णयहरू रातिको समयमा हुने गरेको भन्दै नागरिकता विधेयक राति पठाउन सरकारलाई सुझाव दिएका छन् । नागरिकता विधेयक फिर्ता गरेकोमा उनले आपत्ति जनाए । 

बिहीवार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा सांसद महतले राष्ट्रपति कार्यालयबाट अप्ठ्यारो काम राति हुने भन्दै ठट्टा गरेका हन् । ‘सभामुख महोदय हाम्रो सरकारलाई के सल्लाह छ भने नागरिकता विधेयक पुनः राष्टपतिज्यू कहाँ पठाउनु पर्ने होला । उक्त विधेयक राष्ट्रपति कार्यालयमा दिउँसो पठाउनु भएन । किनभने अप्ठ्यारा काम राति नै फत्ते हुन्छन् । प्रमाणीकरण गर्नुपर्ने होला । दिउँसो नपठाउनु होला मन्त्रीज्यूलाई सुझाव । राष्टपति कार्यालयलाई रातिमा काम गर्ने बानी परेको छ, दिउँसो पठाउँदा हुँदैन । राति १२ बजेपछि पठाउने बानी परेको छ’ महतले भने ।

प्रतिनिधि सभा विघटन राति भएको भन्दै उनले व्यंग्य गरेका हुन् । राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयकमाथि बिहीवार प्रतिनिधि सभामा छलफल भइरहेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्