१० साउन २०८३, आइतबार

नागरिकतामा अनावश्यक राजनीति भयोः इन्दुकुमारी शर्मा

नागरिकतामा अनावश्यक राजनीति भयोः इन्दुकुमारी शर्मा

प्रतिनिधि सभाकी सांसद इन्दुकुमारी शर्माले संविधान सभाबाट संविधान बनेको सात वर्षसम्म नागरिकतामा राजनीति भएको बताएकी छन् । बिहीवार प्रतिनिधिसभामा नागरिकता विधेयकमाथिको छलफलमा भाग लिँदै उनले राजनीतिक दलहरू नागरिकता सम्बन्धमा गम्भीर नहुँदा लाखौँ नागरिक नागरिकताविहीन हुनुपरेको दाबी गरिन् । 

सांसद शर्माले राष्ट्रपति विद्यादेवी भण्डारीले दुवै सदनले पास गरेर पठाएको नागरिकता विधेयक फिर्ता पठाएर लाखौँ नागरिकको अधिकारमाथि कुठाराघात गरेको टिप्पणी गरिन् । उनले राष्ट्रपति जनताको भावना, संवेदनशीलताभन्दा पनि राजनीतिक दलभन्दा माथि उठ्न नसकेको आरोप लगाइन् । 
 

salt training

कमेन्ट गर्नुहोस्