०५ साउन २०८३, मंगलबार

सशस्त्रका आईजीपी अर्यालले गरे छिन्नमस्ता बाहिनी र मातहतका इकाइहरूको निरीक्षण

सशस्त्रका आईजीपी अर्यालले गरे छिन्नमस्ता बाहिनी र मातहतका इकाइहरूको निरीक्षण

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी र सो बाहिनी मातहतका इकाइहरूको निरीक्षण गरेका छन् । उनले बुधवार बाहिनी र सो मातहतका इकाइहरूको निरीक्षण गरेका हुन् । 

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले निरीक्षण भ्रमणको क्रममा सो बाहिनी र बाहिनी मातहत इकाइ प्रमुखहरूसँग सुरक्षा सम्बन्धी विविध विषयमा छलफल गरेका थिए । उनले छलफलका क्रममा त्रुटिरहित ढंगबाट कार्यसम्पादन गर्न निर्देशनसमेत दिएका थिए । 

यसअघि मंगलवार धनुषास्थित जनकपुरधाममा प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको उपस्थितिमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालबीच शान्ति सुरक्षामा समन्वय, सहकार्य र सहयोग सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो ।
 

कमेन्ट गर्नुहोस्