×

NMB BANK
NIC ASIA

सिनेमा

‘वार्म वेलकम’ पाएँ, एउटा चलचित्र खेलेर हराउने गरी आएकी होइन : श्रद्धा क्षेत्री [अन्तर्वार्ता]

‘मेरो फेवरेट जनरा एक्सन हो’

भदौ ४, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

शुक्रवारदेखि प्रदर्शनमा आएको चलचित्र ‘कृष्ण लीला’की अभिनेत्री हुन् श्रद्धा क्षेत्री । भारतमा जन्मिएकी, भारतमै हुर्किएकी र पढेकी श्रद्धा अडिसनमार्फत नेपाली चलचित्र उद्योगमा भित्रिएकी हुन् ।

Sagarmatha Cement
Muktinath Bank

प्रदर्शनका हिसाबले ‘कृष्ण लीला’ उनको पहिलो चलचित्र हो । चलचित्रमा समावेश गीतहरू यसअघि नै ‘हिट’ भइसकेको अवस्थामा प्रदर्शनमा आएको चलचित्रलाई लिएर श्रद्धा दर्शकलाई आग्रह गर्छिन्, ‘गीतलाई जति माया दिनुभयो, त्यति नै माया चलचित्रलाई पनि दिनुहोला ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘कृष्ण लीला’लाई लिएर देखिएको उत्साह, निर्वाह गरेको भूमिका, आगामी योजना लगायतका विषयमा श्रद्धाले लोकान्तरसँग केही कुराकानी गरेकी छन् । उनले नेपाली चलचित्र क्षेत्रले आफूलाई ‘वार्म वेलकम’ गरेको समेत बताएकी छन् ।


Advertisment
Nabil box
Kumari

आफू एउटा चलचित्र खेलेर हराउने गरी नआएको उनको भनाइ छ । प्रस्तुत छ उनीसँग गरिएको कुराकानीको सम्पादित अंश :-

Vianet communication
Laxmi Bank

पहिलो चलचित्र प्रदर्शनमा आएको छ । उत्साह, डर कत्तिको छ ?

– डेब्यू चलचित्र हो, स्वाभाविक डर लागिहाल्छ । अहिले नेपाली चलचित्रको अवस्था हेर्दा पनि त्यति राम्रो रेस्पोन्स आइरहेको छैन तर पनि डरसँगै ममा आत्मविश्वास पनि उत्तिकै छ । किनकि ‘कृष्ण लीला’ फरक कन्टेन्टमा निर्माण भएको छ । एउटा राम्रो विषयवस्तुलाई चलचित्रमा उठाएका छौं । सामाजिक सन्देश दिने खालका कथाहरू पनि चलचित्रमा छन् । सोही कारण दर्शकले मन पराउनुहुनेछ भन्ने विश्वास लिएकी छु । 

चलचित्र ‘कृष्ण लीला’ले केही दिनअघि चितवनमा आयोजना गरेको कन्सर्टमा दर्शकसँग सेल्फी लिँदै अभिनेत्री श्रद्धा । चलचित्रमा तपाईंको भूमिकाबारे बताइदिनुहोस् न !

– मैले चलचित्रमा ‘लीला’को क्यारेक्टर प्ले गरेकी छु । ‘लीला’ चाहिँ खास एउटा सामान्य परिवारकी युवती हो, जसले जीवनमा केही गरौ भन्ने उद्देश्य बोकेकी छ । चलचित्रमा ‘लीला’ले एउटा इन्स्पेक्टरको रोल पनि प्ले गरेकी छ । त्यो भनिरहँदा कतिपयले दोहोरो भूमिकामा त हुनुहुन्न पनि भन्नुभएको छ । त्यो बुझ्नका लागि त अब चलचित्र नै हेर्नुपर्‍यो नि होइन !

अभिनेता पुष्प खड्कासँग काम गर्दाको अनुभव कस्तो रह्यो ?

– एकदमै सजिलो । उहाँले एकदमै सहज वातावरण सिर्जना गरिदिनुभएको थियो । मिलनसार, एकदमै सहयोगी ‘को–एक्टर’, ‘बेस्ट को–एक्टर’ भनौं न ! सेटमा दीपक जी (निर्देशक) ले पनि एकदमै राम्रो वातावरण सिर्जना गरिदिनुभयो । काठमाडौंभित्र सुटिङ भएको भए टीमसँग त्यतिधेरै क्लोज हुँदैन्थ्यौं होला पनि । चलचित्र ४२ दिन नै काठमाडौं बाहिर सुटिङ भएका कारणले पनि टीमसँग एकदमै ‘क्लोज’ भइयो । कहिले ४२ दिन सकियो, थाहा नै भएको थिएन ।

चलचित्र ‘कृष्ण लीला’को एक दृश्यमा अभिनेता पुष्प खड्कासँग अभिनेत्री श्रद्धा ।

पुष्प खड्काको कुन पक्षले बढी आकर्षित गर्‍यो ?

– उहाँ एकदमै राम्रो साथी, एकदमै सहयोगी ‘को–एक्टर’ । एकदमै ‘हार्ड वर्किङ’ पनि हुनुहुन्छ उहाँ । उहाँले क्यारेक्टरलाई एकदमै राम्ररी बुझेर खेल्नुहुन्छ । मज्जाले रिसर्च गरेर, यो क्यारेक्टरलाई कसरी अझै राम्रो बनाउन सकिन्छ भन्ने उहाँको ‘थिङकिङ’ हुन्छ । ती कुराहरूले एकदमै आकर्षित गर्‍यो । 

तपाईं ‘लीला’को क्यारेक्टरमा डुब्न कति गाह्रो भयो ? तयारी कति गर्नुभयो ?

– इन्स्पेक्टरको भूमिका निर्वाह गर्नका लागि तयारी गरे । इन्स्पेक्टरको हिँडाइ कस्तो हुन्छ ? वडी ल्याङ्वेज कस्तो हुन्छ ? गन होल्ड गर्दा बोल्ने कसरी ? ती–ती विषयमा अलिअलि रिसर्च गरें । केही भिडियोहरू समेत हेरें । मेरो सर्कलमा जति पनि प्रहरी इन्स्पेक्टरहरू हुनुहुन्छ, उहाँहरूलाई कसरी हिँड्ने ? कसरी बोल्ने ? गन कसरी होल्ड गर्ने ? लगायतका विषयमा सोधीखोजी गरें । समग्रमा क्यारेक्टर कसरी बनाउने भन्ने कुरामा पनि ध्यान दिए । मेरो अपोजिट पुष्पको क्यारेक्टर अटिजम पीडित युवकको हो । त्यो क्यारेक्टर आर्टिस्टिक हो । त्यो खालको क्यारेक्टरलाई कसरी ह्यान्डिल गर्ने ? त्यस्तो व्यक्तिसँग नर्मल व्यक्तिसँग बोलेको जस्तो हुँदैन । हामीले अलिकति माया गरेर, अलिकति बुझाएर, केयर गरेर बोल्ने हो । त्यसका पनि केही मेहनत गरेकी थिएँ । 

डेब्यू गर्दैगर्दा नयाँ कलाकारका लागि चलचित्र क्षेत्र कत्तिको सहयोगी पाउनुभयो ?

– सहयोगी छ । मैले एकदमै ‘वार्म वेलकम’ पाएँ । सबै जनाले एकदमै माया गर्नुभयो । हाम्रो अडियन्सले चलचित्रका गीतहरू पनि एकदमै मन पराइदिनुभयो । नेपाली चलचित्र उद्योग एकदमै ‘फ्रेण्डी’, एकदमै ‘वेलकमिङ’ छ भन्छु ।

तपाईंको पृष्ठभूमिबारे जानकारी गराइदिनु न !

– मेरो बाल्यकाल भारतमा बिल्यो । भारतमा पढें । नेपालमा चितवनमा घर छ । इटहरीसँगै यहाँ काठमाडौंमा आफन्त हुनुहुन्छ । अहिले केही वर्षयता काठमाडौंमा बसिरहेकी छु ।

चलचित्र क्षेत्रमा चाहिँ कसरी जोडिनुभयो ?

– म चलचित्रमा जोडिएको खासमा ‘हृदयभरी’बाट हो । ममीले चलचित्रको अडिसनबारे यूट्युबमा देख्नुभएको रहेछ । ममीले ‘इन्करेज’ गर्नुभएपछि अडिसन दिएर चलचित्र क्षेत्रमा लागें । ममीले इन्करेज नगर्नुभएको भए सायद चलचित्र क्षेत्रमा आएकी हुँदैन्थें । त्यसपछि ‘कृष्ण लीला’मा जोडिएकी हुँ । अभिनयको हिसाबले ‘हृदयभरी’ पहिलो भएपछि प्रदर्शनको हिसाबले भने ‘कृष्ण लीला’ मेरो डेब्यू चलचित्र हो ।

‘हृदयभरी’को अडिसन दिनुअघि अभिनयतिर रुचि कत्तिको थियो ?

– मलाई मिडिया क्षेत्र एकदमै मनपर्थ्यो । नेपालमा केही गरौं भन्ने हुन्थ्यो । केही मान्छेहरूले मलाई चिनिदिओस् भन्ने थियो । अभिनयप्रति रुचि पनि थियो तर चलचित्र क्षेत्रमा आउँछु, अभिनेत्री नै बन्छु भन्ने सोचेकी थिइनँ । अचानक नै आएकी हुँ । 

‘हृदयभरी’ चलचित्र किन रोकिएको हो ? प्रदर्शनमा आउँछ/आउँदैन केही जानकारी छ ?

– चलचित्रको स्टोरीको भागको सुटिङ सकिएको हो । गीतको सुटिङ चाहिँ बाँकी छ तर किन रोकियो भन्ने कुरा मलाई थाहा भएन । निर्देशकलाई नै सोध्नुपर्छ । प्रदर्शन हुने/नहुनेबारे पनि निर्देशकसँग नै बुझ्नुपर्छ ।

‘कृष्ण लीला’का गीतहरू, टिजर, ट्रेलर पनि निकै रुचाइयो । यो चलचित्र प्रदर्शनमा नआउँदा नै अन्य चलचित्रहरूबाट पनि अफरहरू आइरहेको थियो होला है ?

– अफरहरू आइरहेका छन् तर पहिले ‘कृष्ण लीला’लाई नै फोकस गरौं भनेर यसमै केन्द्रित भएकी हुँ । अब चलचित्र प्रदर्शनमा आएको छ । कन्टेन्टमा चित्त बुझ्नुपर्‍यो, राम्रो कथाको चलचित्र आयो भने अवश्य पनि अभिनय गर्छु ।

‘कृष्ण लीला’सँगै अन्य २ नेपाली चलचित्रहरू पनि प्रदर्शनमा आएका छन् । रिलिजमा एकैदिन यसरी ३ वटा नेपाली चलचित्रहरूको प्रतिस्पर्धा हुनुलाई कसरी लिनुहुन्छ ?

– यसलाई जो–कोही कलाकारहरूले सकारात्मक रूपमा लिनु हुँदैन होला । आफ्नो चलचित्र सिंगल रिलिज होस् भन्ने नै कलाकारको चाहना हुन्छ । म पनि चलचित्र सिंगल रिलिज भएको भए राम्रो हुन्थ्यो होला भन्छु । किनभने यसरी एकअर्काबीच प्रतिस्पर्धा हुनु सबैलाई घाटा हो जस्तो लाग्छ । दर्शक, वितरक, कलाकार, निर्मातासँगै समग्र चलचित्र क्षेत्रलाई नै यसले असर गर्छ जस्तो लाग्छ । सिंगल रिलिज होस् भन्ने चाहना भए पनि त्यो कुरा हाम्रो हातमा हुँदैन । हामी कलाकारहरूले भनेर पनि हुँदैन ।
 
अब कस्तो चलचित्रमा काम गर्ने रुचि छ ?

– मेरो फेवरेट जनरा भनेको एक्सन हो । त्यसपछि हरर पनि मनपर्छ । म हलिउडमा एन्जिलिना जोलीको एक्सन चलचित्रहरू एकदमै धेरै हेर्छु । मैले एक्सन मन पराउने नै उहाँको चलचित्रहरू हेरेर हो । मेरो पहिलो रोजाइमा नै एक्सन लभ स्टोरी चलचित्रहरू पर्छन् । राम्रो स्क्रिप्ट, राम्रो कन्टेन्ट भयो भने एक्सन चलचित्रहरू प्राथमिकताका साथ गर्छु । 

अबको योजना के छ ?

– म एउटा चलचित्र खेलेर हराउने होइन । प्रोफेसनल्ली यही क्षेत्रमै लागेर यसमै करिअर बनाऔं भनेर आएकी हुँ । मेरो रुचि पनि अभिनयमा भएको हुनाले चलचित्र क्षेत्र रोजेकी हुँ । आउँदा दिनमा काठमाडौंमै बसेर अभिनय करिअरलाई अगाडि बढाउने सोच हो ।

अन्त्यमा ‘कृष्ण लीला’बारे थप केही भन्न चाहनुहुन्छ ?

– चलचित्र एकदमै नयाँ, फरक किसिमको ‘फूल प्याकेज’ हो । यो चलचित्रमा दर्शकहरू कहीँकतै बोर हुनु हुँदैन । किनकि मैले रिलिजअघि नै चलचित्र हेरिसकेकी थिएँ । मलाई मेरो चलचित्र एकदमै मनपर्‍यो । चलचित्रले दर्शकलाई निराश बनाउँदैन जस्तो लाग्छ । अहिले चलचित्र क्षेत्रको अवस्था पनि गाह्रो छ, त्यसैले धेरै माया दिनुहोला, सपोर्ट गरिदिनुहोला । त्यसमाथि मेरो डेब्यू चलचित्र पनि हो । हाम्रो चलचित्रको २ वटै गीतलाई जति माया दिनुभयो, त्यति नै चलचित्रलाई पनि माया दिनुहोला भन्न चाहन्छु ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २२, २०७९

नेकपा एमालेको समर्थनमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेपछि देशको राजनीतिले नयाँ कोर्स लिएको छ । तर, नयाँ प्रधानमन्त्रीले विश्वासको मत नलिँदै सरकार गिराउने खे...

असार १, २०८०

बुधवार उच्च अदालत विराटनगर पुग्दा धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङ एक वकिलसहित भेटिए । मुद्दाको पेशी भएकाले उनी आफैं उपस्थित भएका रहेछन् । धरान खानेपानी विकास बोर्डको बैठक नबोलाएको भन्दै सा...

फागुन ३, २०८०

नेपाली कांग्रेसबाट धोका भएको र गठबन्धन सम्बन्धमा पुनर्विचार गर्नुपर्ने अवस्था आउन सक्ने प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिले राजनीति तरंगित छ ।  माओवादीको विधा...

जेठ १६, २०८०

नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले आफूलाई नेपालको संसदीय अभ्यासमा अनुभवी र अभिभावकीय छवि बनाउन सफल भएका छन् । तत्कालीन संविधानसभा अध्यक्षसमेत रहेका नेम्वाङले संविधानसभासहित छ पटक व्यवस्थापिका&nd...

चैत २५, २०७९

वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन नजिकिँदै गर्दा चितवनमा राजनीतिक गतिविधि बढेको छ । मंसिर ४ को चुनावमा रास्वपा विजयी भएको चितवन २ मा उपनिर्वाचनका माध्यमबाट आफ्नो राजनीतिक विरासत फर्काउन न...

असोज ३, २०८०

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल समाजवादी पार्टी (नेसपा)का एकजना अध्यक्ष महिन्द्र राय यादवलाई पार्टी एकताका लागि पत्र पठाएपछि नेसपामा खैलाबैला उत्पन्न भएको छ ।&nb...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x