
काठमाडौं १५ साउन–गाउँपालिका सञ्चालनका लागि सरकारले आवस्यक कानून र स्पष्ट निर्देशिका उपलव्ध गराउन नसक्दा निर्वाचित जनप्रतिनिधिहरु अन्यौलमा परेका छन् । स्पष्ट नियमावलीको अभावका कतिपयले गाउँपालिकाले आफैले गरेको पहिलो निर्णय नै सच्चाएका छन् ।
निर्वाचित भएको साढे २ महिनामा उनीहरुले के काम गरे ? काम गर्दा व्यहोरेका कठिनाइ के छन् ? पढौ उनीहरुका अनुभव ।
कमचारीहरु प्रमुख अतिथि मात्र भएरामचन्द्र दाहाल, अध्यक्षमहांकाल गाउँपालिका ललितपुर
गाउँपालिकामा निर्वाचित भएर आएपछि पहिलो काम बजेट बनाइयो, २० करोड ५५ लाखको । विशेष गरेर भौतिक पूर्वाधारको विकास, शिक्षा, स्वास्थ्य र मोटर बाटो निर्माणमा विशेष जोड दिएका छौं । जनताको आयबृद्धि गर्नका लागि कृषि लगायत आयमुलक कामलाई प्राथमिकतामा राखेका छौ ।

सूचना सञ्चार भनेर महांकाल गाउँपालिकामा इन्टरनेटको पहुँच विस्तारका लागि सबै ठाउँमा वाइफाइ चल्ल बनाउन १५ लाख छुटाएका छौ । शिक्षामा इन्टरनेटको माध्यमद्वारा विद्यार्थीले पढन पाउने व्यबस्थाकालागि हरेक विद्यालयम कम्युटर शिक्षा र प्राविधिक शिक्षा चलाउने निर्णय गरेका छौ ।
पाँच बर्षमा ९० प्रतिसतको घरमा बाटो पुराउने, र सबैको घरमा विजुली पुराउने हामीहरुको लक्ष छ । सबै टोलमा बाटो पुगेपछि ९० प्रतिशतको घर नजिक मोटरबाटो पुग्ने हामीहरुको अनुमान छ ।
काम गर्नको लागि समस्याका खात छन् । कानून छैन, निर्देशिका छन्ै, विधी छैन, जताततै अन्यौलता कायम छ । कतिपय सरकारी कर्मचारीलाई काममा लगाउन सकिएको छैन् । कर्मचारीहरु गाउँमा बस्न मानेका छैनन् । कर्मचारीहरु गाउँमा प्रमुख अतिथि आएजस्तो आउछन, उनीहरुलार्य काममा लगाउनु समस्या छ ।
स्थानीय तहलाई संचालन गर्न कतिपय अधिकार दिएको छ, तर प्रयोग गर्नको लागि प्रष्ट छैन । नौ जना कर्मचारी हुनुपर्नेमा २ जनाबाट काम चलाएका छौ । माथिवाट कर्मचारी पनि दिइएको छैन र हामीलाइ राख्न पनि सिदैन ।
सेवा सुविधा बढाउने निर्णय गरेका छैनौ । जहिले राज्यले कानूनी व्यबस्था गर्छ, अनिमात्र निर्णय गछौ । भत्ता खानको लागि हतारो छैन् ।
गाउँपालिकाको केन्द्रमा टाउन प्लानिङचुन प्रसाद शर्मा, अध्यक्षविरुवा गाउँपालिका, स्याङ्जाविरुवा स्यङ्जाको ग्रामीण भेगको गाउँपालिका हो, यहाँ कच्ची मोटरबाटो मात्र छ, पक्की बाटा छैन । ज्याग्दाीखोला करिडोरको कार्यान्वयन बाँकी छ । सदरमुकाम देखी दुइवटा वडामा धुलेबाटा जोडिन बाकी छ ।

गाउँपालिकाको केन्द्र विरुवादेखि वडामा आवत जावतका लागि पहिलो प्राथमिकाता बाटोको बनाएका छौ । विद्युतीकरण गर्नको लागि काम अगाडी बढेको छ । शिक्षा, स्वास्थ्यका लागि जोड दिनको लागि काम गरेका छौ ।
कृषिमा जोड दिनुपर्ने भएकोले कृषि तथा पशुपालन साझेदारीको रुपमा बजेट विनियोजना गरेका छौ । सामुदाय किसान समिति बनाएर आउनेलाई ५० प्रतिसत कृषि अनुदान दिएर स्थानीयको आय आर्जन अभिबृद्धिको कामलाई महत्व दिएका छौ ।
गाउँपालिकाको केन्द्रमा ‘टाउन प्लानिङ’ गरेर व्यबस्थित बस्ती बसाउने काम गर्दैछौ । गाउँपालिका सञ्चालन सम्बन्धी नियमावली नहुँदा काम गर्न समस्या भएको छ । बैठक सञ्चालन र बजेट परिचालन गर्न समस्या भएको छ । बजेट विनियोजन छ, परिचाल तर सञ्चालन नियमावली अभावले कार्यान्वयमा गएको छैन् ।
पदाधिकारीको सुविधा बढाउने निर्णय गरेका छैनौ । प्रदेश कानून अनुसार पाउने कुरा प्रदेश कानून र नियमावली अनुसार आएपछि गछौं ।
लिफ्टिङ गरेर डाँडामा खानेपानी लैजाने गीता गुरुङ, अध्यक्षइच्छाकामना गाउँपालिका, चितवननिर्वाचित भएर आएलगत्तै गाउँमा के के समस्या छन भनेर पहिचान गर्ने काम गर्यौ । गाउँसभा गरेर इच्छाकामना गाउँपालिकालाई कसरी लैजाने भन्ने निर्णय गरेका छौ । चितवन जिल्ला भएपनि इच्छाकामना गाउँपालिका सबै पहाडी क्षेत्र भएकोले विकासमा निकै पछाडी छ ।

साविकको चण्डीभञ्याड, दाह्रचोक, कविलास र काउले मिलेर इच्छाकामना गाउँपालिका बनेको हो । भौतिक पूर्वाधारको अभाव छ, सडक छैन । तीब्र गतिमा सडक बनाउने र भएका सडकलाई स्तरोन्नती गर्ने काम गर्ने योजना बनाएका छौ ।
डाँडाडाँडामा लिप्टीङ गरेर खानेपानीको व्यबस्थापन गर्ने योजना अनुसार पानीका मुहान खोज्दैछौ । चेपाड, दलित भएको ठाउ भएको हुनाले, १२ कक्षा सम्म निशुल्क शिक्षा सञ्चालन गर्ने, युवाहरुका लागि स्वरोजगार कार्यक्रम सञ्चालन गरेर र महिलाहरुलाई आय आर्जनका कार्यक्रममा लगाउने योजना बनाएका छौ ।
विकट ठाउँ भएकोले अभाव र समस्यै समस्या छन् । नियमावली अस्पष्ट छ । केन्द्रले एउटा बनाएर पठाएको हुन्छ, अर्कोतर्फ अधिकार संकुचित गर्ने काम भएको छ । सिंहदरवारको अधिकार गाउँमा पुराएको भनिएको छ, तर कतै न कतै अंकुश लगाएको छ । हामी काम गर्न अलमलमा छौ ।
केन्द्रबाट चण्डीभञ्ज्याङलाई गाउँपालिकाको केन्द्र बनाउन प्रस्ताव गरिएपनि भौगोलिक बिकटताका कारणले कुरीनटारमा गाउँपालिकाको केन्द्र राख्ने योजना बनाएका छौ ।
दुइवटा बोलेरो गाडी किन्ने निर्णय स्थगन गरयौंसलाम सिंह तामाङ, अध्यक्षतेमाल गाउँपालिका, काभ्रेगाउँसभा मार्फत बजेट विनियोजन गर्ने बाहेक खासै काम गर्न सकेका छैनौ । यसबीचमा तीवनटा बैठक राख्यौं । पार्टी नभनीकन काम गरिरहेका छौ ।

अध्यक्ष र उपाध्यक्षका लागि बोलेरो गाडी किन्नको लागि भनेर ६५ लाख छुट्टाउने निर्णय गरेका थियौं सर्बसम्मतीबाट । यो निर्णयमा १७ जना माइन्योट गरेको छ । तर गाडि किन्न नमिल्ने भनेपछि त्यो निर्णय तत्कालका लागि स्थगित गर्यौ ।
सम्पूर्ण तिमालको विकासका लागि तिमाल रेञ्जिग दोर्जे मेस्से सडक निर्माणको कामलाई महत्व दिएका छौ । तिमालको आम्दानीको स्रोतको रुपमा रहेको बुद्धचित्तलाई व्यबस्थित गराउने, भ्यु टावरको सम्भायता अध्ययन गर्ने निर्णय गराएका छौ ।
नियमावलीमा स्पष्ट व्यबस्था नभएकोले शुरुमा गाडी किन्ने निर्णय गर्यौ, पछि त्यो निर्णइ सच्चायौ । केही दिन गाडी भाडामा लिएर पनि चलायौ । गाउँपालिकाका कार्यकारी अधिकृत जीवनकुमार घिमिरेले भाडामा पनि नलिऔ भनेपछि १५ दिन चलाएर गाडी फिर्ता गर्यौ । जनताको मान्छे बसमा हिडिरहेको छ । बाइकमा हिडन उमेर ६४ कटिसइको मिलेन ।
नगरपालिकाको पनि उस्तैस्थानीय विकास मन्त्रालयको स्पष्ट नीतिको अभावमा नयाँ गठन भएका नगरपालिकाहरुले समेत काम गर्न अप्ठेरो महसुश गरेका छन् ।
चापाकोट नगरपालिकाका स्याङजाका मेयर शिव गिरी तथा मुसिकोट नगरपालिका गुल्मीका सदस्य हरि छन्त्याल स्पष्ट निर्देशन अभावका कारण कामगर्न कठिनाइ परेको बताउँछन् ।