३२ असार २०८३, बिहीबार

जनजाति महासङ्घमा शेर्पा

कात्तिक २०, २०७४
जनजाति महासङ्घमा शेर्पा

 


काठमाडाँै, १५ साउन । नेकपा (एमाले) निकट नेपाल लोकतान्त्रिक आदिवासी महासंघको प्रदेश नं ३ को संगठन कमिटी पासाङ शर्पाको संयोजकत्वमा गठन गरिएको छ । 
नब्बे सदस्यीय कमिटीका सचिवमा सरोजमोहन लामा र प्रेमानन्द श्रेष्ठ रहेको महासंघका केन्द्रीय सचिव रामचन्द्र बलले जानकारी दिनुभयो । 
सो अवसरमा एमाले सचिव पृथ्वीसुब्बा गुरुङले जनजातिका विषय एमाले नै बढी उठाएकाले पार्टीमा जनजातिको बढी सहभागिता भएको बताउनुभयो । अब आउने प्रदेश र संघीय निर्वाचनमा पनि जनजातिका विषयलाई विशेष रुपमा उठाउनुपर्नेमा जोड दिनुभयो । 

कार्यक्रममा एमाले पोलिटब्यूरो सदस्य परशुराम मेघी गुरुङ, केन्द्रीय सदस्य शेरबहादुर तामाङलगायतले प्रदेश र संघीय निर्वाचनमा जनजातिको प्रतिनिधित्व बढाउनुपर्नेमा जोड दिनुभयो । रासस 

salt training

कमेन्ट गर्नुहोस्