२२ असार २०८३, सोमबार

केही तालिवान अधिकारीको यात्रा प्रतिबन्ध हटाइयो

भदौ ५, २०७९
केही तालिवान अधिकारीको यात्रा प्रतिबन्ध हटाइयो

संयुक्त राष्ट्रसंघले केही तालिवान अधिकारीको यात्रा प्रतिबन्धलाई हटाइने निर्णय गरेको छ ।  

“संयुक्त राष्ट्रसंघले तालिबानका १३ जना अधिकारीलाई लगाइएको यात्रा प्रतिबन्धका लागि म्याद थपका लागि कुनै सम्झौता नगरेको र शुक्रबारदेखि लागु हुनेगरी अन्त्य गर्ने तयारी गरेको सुरक्षा परिषद्का सदस्यहरूले एएफपीलाई बताएका छन् । 

सन् २०११ को संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को प्रस्तावअनुसार १३५ जना तालिवान अधिकारीमाथि प्रतिबन्ध लगाइएको छ । 

तर तीमध्ये १३ जनालाई विदेशका अन्य अधिकारीसँग भेटघाट गर्न अनुमति दिन यात्रा प्रतिबन्धबाट छुट दिइएको थियो । 

गत जुनमा संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को अफगानिस्तान प्रतिबन्ध समितिले तालिबानका दुई शिक्षामन्त्रीलाई महिला अधिकार कटौती गरेको भन्दै छुटको सूचीबाट हटाएको थियो । 

साथै, उनीहरूले कुनै पनि सदस्यले आपत्ति नजनाएको भन्दै थप एक महिनाका लागि मात्र अन्य अधिकारीको लागि अगस्ट १९ सम्म यात्रा प्रतिबन्धलाई छुट दिइएको थियो । कूटनीतिक स्रोतका अनुसार आयरल्याण्डले यसै साता उक्त कदमबारे आपत्ति जनाएको थियो । 

चीन र रुसले म्याद थपका लागि आग्रह गरेका छन् भने संयुक्त राज्य अमेरिकाले यात्रा गर्न अनुमति प्राप्त अधिकारीहरूको सूची र उनीहरूले यात्रा गर्न सक्ने थोरै मात्र गन्तव्यहरूको सूची मागेको छ । 
१३ जनामध्ये उपप्रधानमन्त्री अब्दुल गनी बरादर र उपविदेशमन्त्री शेर मोहम्मद अब्बास स्टानेकजई रहेका छन् ।

सन् २०२० मा तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पको अमेरिकी सरकारसँग भएको वार्तामा उनीहरूले अफगानिस्तानमा द्वन्द्व अन्त्यका लागि महत्वपूर्ण भूमिका खेलेका थिए जसले गर्दा अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता हुने मार्ग प्रशस्त भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्