०५ असार २०८३, शुक्रबार

क्लब प्लाटिनमबाट अमेरिकन आइडलस्टार ‘आर्थर गन’को टुबोर्ग होमकमिङ टुर शुरू

क्लब प्लाटिनमबाट अमेरिकन आइडलस्टार ‘आर्थर गन’को टुबोर्ग होमकमिङ टुर शुरू

‘आर्थर गन’ नामले प्रचलित गायक दिवेश पोखरेलले आफ्नो टुबोर्ग होमकमिङ टुरको शनिवार राति क्लब प्लाटिनमबाट शुरुआत गरेका छन् । उक्त कार्यक्रम ‘उनले के पीर प¥यो तिमीलाई ?’ बोलको  गीतबाट शुरू गरेका थिए । ‘लभ इज माई रिडेम्पसन’, ‘न्यानो घर’जस्ता उनका लोकप्रिय गीतहरूले दर्शकको निकै ताली पायो । समग्रमा दर्शकहरूले आर्थरका नेपाली र अंग्रजी गीतहरूको मजा लिएका थिए । दर्शकहरूले क्रीडेन्स् क्लियरवाटर रिभाईभल्को ‘ह्याब् यु एभर सीन द रेन’ जस्ता हिट गीतहरूको पनि आनन्द उठाए ।

क्लब प्लाटिनममा आफ्नो टुरको उद्घाटनमा दर्शकहरूको अपार माया र समर्थन पाएपछि आर्थरले पोखरा, चितवन, बुटवल, धरान र बिर्तामोडजस्ता नेपालभरि विभिन्न शहरहरूमा प्रत्यक्ष प्रस्तुति दिनेछन् ।

सन् २०२० मा अमेरिकी गायन रियालिटी शो ‘अमेरिकन आईडल १८औँ सिजन’ को एक हिस्सा बनेपछि आर्थर गनको लोकप्रियता निकै बढ्यो । प्रायः दर्शकहरूले उनलाई उनको अमेरिकन आइडल अडिसनबाट चिन्न सक्छन् जहाँ उनले बब डिलनको गर्ल फ्रम द नर्थ कन्ट्री र क्रीडेन्स् क्लियरवाटर रिभाईभल्को ह्याब् यु एभर सिन द रेन नामक गीतहरू गाएका थिए । उनको प्रस्तुतिलाई सबै ३ निर्णायकहरूले धेरै प्रशंसा गरिएको थियो भने विश्व प्रसिद्ध गायिका केटि पेरीले उनलाई ‘हि ईज द बेस्ट’ भनि प्रशंसा पनि गरेकी थिइन् ।

दिवेश उक्त शोको १८औँ सिजनको उपविजेता रहे । उनको भिन्न र अद्वितीय स्वरलाई धेरै लोकप्रिय अन्तर्राष्ट्रिय गायकहरू र कलाकारहरूले समस्त कार्यक्रम भरि प्रशंसा गरेका थिए ।

टुबोर्गको संगीतसँग निकै गाढा सम्बन्ध रहेको छ र टुबोर्गले नेपालमा आफ्नो शुरुआतदेखि नै नेपाली संगीत क्षेत्रको उत्थानका लागी समर्थन गर्दै आएको छ । त्यसैले सोही प्रवृत्तिलाई निरन्तरता दिँदै टुबोर्ग यस टुरको शीर्ष प्रायोजक रहेको छ ।

गोर्खा ब्रुअरीका मार्केटिङ डाइरेक्टर आशिष विष्ट भन्छन्, ‘टुबोर्गको संगीतसँग लामो समयदेखि सम्बन्ध रही आएको छ । टुबोर्गले नेपाली संगीत क्षेत्रको उत्थान र संगीतको विभिन्न विधालाई सधैं समर्थन गर्दै आएको छ । सोही समर्थनलाई निरन्तरता दिँदै आर्थर गनसँग आबद्ध हुन पाउँदा निकै गर्व महसुुस गरेका छौँ किनभने उनले आफ्नो संगीतमार्फत नेपाली संगीत प्रेमीहरूलाई गौरवान्वित बनाएका छन् ।’
 

salt training

कमेन्ट गर्नुहोस्