
प्रेम र विवाह गर्दा अधिकांशले उमेरलाई पनि ख्याल गर्छन् तर अमेरिकामा एउटा यस्तो तथ्य सार्वजनिक भएको छ, जसमा ५० वर्षीय कोचसँग २१ वर्षीया युवतीको ‘लभ’ परेपछि प्रेम विवाह भएको छ ।
अमेरिकाकी २१ वर्षीया नताली नोबलले ५० वर्षीय बबी लिन्डसेसँग प्रेम विवाह गरेकी हुन् । दुवैको उमेर अन्तर २९ वर्ष रहेको छ । उमेर अन्तरलाई लिएर कतिपयले मजाक उडाउने गरेको नतालीले बताइन् ।
द सनमा प्रकाशित रिपार्टअनुसार दुवैको पहिलो भेट सन् २०१५ मा भएको थियो । बबी टेनिसका कोच थिए, नताली टेनिस सिक्न बबीसँग गएकी थिइन् । नतालीले भनिन्, ‘शुरूमा केही थिएन, जब केही दिनअघि हामी एकअर्काका नजिक आउन थाल्यौं, हामीलाई सँगै बस्न, कुरा गर्न र घुम्न राम्रो लाग्न थाल्यो । केही समयपछि हामी सँगै बस्न थाल्यौं ।’
फराकिलो उमेर अन्तर हुँदा पनि प्रेम विवाह गर्ने कुराले आमाबुवा रिसाएका नतालीले बताइन् । उनकी आमाले बबीलाई आफ्नी छोरीलाई छाड्न चेतावनी समेत दिएकी थिइन् । नतालीका बुवाले दिमागको उपचार गर्न चेतावनी दिएका थिए ।
घर परिवार र बाहिरका कुरालाई बेवास्ता गर्दै दुवै जना अहिले विवाह गरेर बसेका छन् ।