
आगामी असोज ७ गतेदेखि नेपाल र भारतमा एकसाथ प्रदर्शनमा आउन लागेको मल्टिस्टारर चलचित्र ‘प्रेमगीत ३’को हिन्दी संस्करणका चार गीत सार्वजनिक गरिएको हो । सोमवार जी म्युजिक कम्पनीमार्फत चलचित्रका रोमान्टिक गीतहरू सार्वजनिक गरिएको हो ।
गीतमा बलिउडका चर्चित गायक गायिकाहरूले स्वर दिएका छन् । जुबिन नौटियाल, राहत फतेह अली खान, पलक मुछल, अंकित तिवारी र देव नेगीले गीतमा स्वर दिएका छन् । ‘कोही ना कोही नाता हे’, ‘जहाँ भी जाओ ए सनम बस तु ही तु’, ‘तुम प्यार हो’ र ‘मुझे में बस जाना’ बोलका गीत सार्वजनिक भएका हुन् ।
सन्तोष सेन र छेतेन गुरुङको संयुक्त निर्देशन रहेको चलचित्रमा प्रदीप खड्का र क्रिष्टिना गुरुङको मुख्य भूमिका छ । साथमा दर्जन बढी कलाकारहरुको चलचित्रमा अभिनय छ । चलचित्र नेपालमा मात्र नभई भारतमा समेत यतिबेला चर्चामा छ ।