
काठमाडौं, १५ साउन - सरकारले एकदिन केन्द्र र प्रदेशसभाको निर्वाचन गर्ने तयारी गरेको भनेको बेला निर्वाचन आयोगले त्यो सम्भवन नहुने धारणा राखेको छ । आइतबार बसेको व्यवस्थापिका संसद सुशासन तथा अनुगमन समितिको बैठकमा आयोगले प्रष्टरुपमा सो कुरा राखेको हो ।
प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले निर्वाचन एकैपटक गर्ने अवस्था नरहेको बैठकलाई जानकारी गराए । संविधान, कानुन तथा निर्वाचनको व्यवस्थापकीय र प्राविधिक दृष्टिकोणबाट सो सम्भव नहुने उनको भनाई छ ।
यसअघि शुक्रबार आयोगसँग भएको छललफलमा प्रधानमन्त्री शेरबहादुर देउवाले एकै दिन चुनाव गर्ने तयारीमा सरकारमा रहेकाले सोहि अनुसार लाग्न आयोगलाई आग्रह गरेका थिए भने त्यसमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले पनि सकारात्मक देखिएको छ ।
यादवले आगामी माघ ७ गते भित्र सबै तहको निर्वाचन सम्पन्न गराउन सरकारले आवश्यक सबै प्राविधिक तयारी गर्नुपर्ने संविधान, कानुन तथा निर्वाचनको व्यवस्थापकीय र प्राविधिक दृष्टिकोणबाट दुबै चुनाव एकै दिन गर्न नसकिने बताएका हुन् ।
सो क्रमा प्रमुख निर्वाचन आयुक्त यादवले स्थानीय तह तेस्रो चरणको निर्वाचनको तयारीको कामलाई तीव्रता दिइएको पनि स्मरण गगराए ।
असोज २ गते स्थानीय तह तेस्रो चरणको निर्वाचन तय गरिएको छ ।