०७ साउन २०८३, बिहीबार

फिल्म ‘शमशेरा’मा भयंकर गल्ती, सामाजिक सञ्जालमा आलोचना [भिडियो]

भदौ ७, २०७९
फिल्म ‘शमशेरा’मा भयंकर गल्ती, सामाजिक सञ्जालमा आलोचना [भिडियो]

बलिउड कलाकार रणबीर कपूर, सञ्जय दत्त र वाणी कपूरको अभिनय रहेको फिल्म ‘शमशेरा’ले अपेक्षाकृत कमाइ गर्न सकेको छैन । कमाइ मात्रै होइन, फिल्म सामाजिक सञ्जालमा आलोचनाको शिकार बनेको छ ।

यतिबेला सञ्जालमा फिल्मको एक क्लीप भाइरल भइरहेको छ, जसमा बच्चालाई देखाउन कपडाको प्रयोग गरिएको पाइएको छ ।

फिल्मका दर्शकले गल्ती पत्ता लगाएर सामाजिक सञ्जालमा भाइरल गरेका छन् । अभिनेत्रीको काँखमा बच्चा हुनुपर्नेमा कपडा मात्रै समातेको देखेपछि आलोचना भएको हो ।

फिल्म उत्पादकले बच्चा देखाउन गुडिया समेत किन्न नसकेको भन्दै आलोचना भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्