
उत्तर प्रदेशको गौतमबुद्ध नगर नोएडामा अवैध रूपमा बसिरहेका १५ चिनियाँ नागरिक पक्राउ परेका छन् ।
भिसा अवधि सकिएपछि पनि भारतमै बसिरहेका चिनियाँ नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रहरी प्रवक्ता पंकज कुमारले अवैध रूपमा बसिरहेका चिनियाँ नागरिकलाई पक्राउ गरिएको जानकारी दिए । भारतीय प्रहरीले अवैध रूपमा बसिरहेका विदेशी नागरिकलाई खोज्ने अभियान तीब्र पारेको छ ।
अवैध रूपमा बसेकालाई भारत सरकारले चीनमै फिर्ता पठाउने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।