
प्रहरीले २ जना नाबालिकालाई करणी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लम्कीले २ जना नाबालिकालाई करणी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय लम्कीका प्रहरी प्रमुख प्रहरी निरीक्षक शंकर खड्काका अनुसार पक्राउ पर्नेमा कैलाली लम्की चुहा नगरपालिका वडा नम्बर ८ बचेला बस्ने वर्ष ६२ का गणेश सिंह ठकुरी छन् ।
प्रहरी निरीक्षक खड्काले भने, ‘एक नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पकाउ गरी ल्याएका छौँ अनुसन्धान जारी छ, म्याद थप गरेर प्रकृया अगाडि बढाउछौँ ।’
आरोपित सिंह ठकुरीले ९ र ७ वर्षकी नाबालिकाहरूलाई जवरजस्ती करणी गरेको जाहेरीपश्चात उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।