मंसिर १५, २०८०
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
भदौ ७, २०७९
स्व. सूर्यबहादुर थापा विक्रम संवत् १९८४–२०७२ सालसम्म नेपालको राजनीतिमा सक्रिय थिए । ५ पटक प्रधानमन्त्री भएका सूर्यबहादुरले राजनीतिक उत्तराधिकारीका रूपमा छोरा सुनिल थापालाई अगाडि बढाए ।
बुवाको निधनपछि सुनिल राप्रपा परित्याग गरेर कांग्रेसमा लागे । यतिबेला सुनिल धनकुटाबाट चुनाव लड्ने तयारीमा छन् ।
चुनाव जितेर बुवाको साख फर्काउने रणनीतिमा उनी छन् । सरकारले मंसिर ४ गतेका लागि निर्वाचनको मिति घोषणा गरेपछि धनकुटामा गठबन्धन र एमाले नेताहरूको दौडधूप भइरहेको छ ।
वाम गठबन्धन हुँदा हार व्यहोरेका सुनिल लोकतान्त्रिक गठबन्धन हुँदा चुनावी परिणामलाई उल्ट्याउने योजनामा छन् ।
२०७४ सालको निर्वाचनमा पनि उनी एमालेका उम्मेदवारसँग पराजित भएका थिए । उनले टिकट पाउने लगभग पक्का जस्तै रहेको कांग्रेसका नेताहरू बताउँछन् । राप्रपाबाट आएकाले केही भोट तान्ने र गठबन्धन हुँदा जीत सहजै निकाल्न सकिने कांग्रेसका नेताहरू बताउँछन् ।
एमालेले भने आफ्नो भोट बैंक सुरक्षित रहेकाले चुनाव जित्न सहज हुने अनुमानसहित चुनावी अभियानलाई अगाडि बढाउन थालेको छ । एमाले फुटको असर खासै नपरेकाले चुनाव जित्ने एमालेको आकलन रहेको छ । एमाले धनकुटामा कमजोर नभएको जिल्ला अध्यक्ष अध्यक्ष इन्द्रमणि पराजुलीले बताए ।
‘गत वैशाखमा भएको निर्वाचनको मत परिणाम हेर्दा पनि एमाले कमजोर देखिएन,’ उनले भने, ‘हाम्रोमा लालकिल्ला कायम नै हुन्छ, कसैले रोकेर रोकिँदैन ।’
नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्य समेत रहेका राजेन्द्रकुमार राई नै टिकटको दौडमा छन् । उनी एमालेका केन्द्रीय सदस्य तथा धनकुटा इन्चार्ज हुन् । केन्द्रीय सदस्य भएको र अध्यक्ष ओलीसँग राम्रो सम्बन्ध भएकाले उनले नै टिकट पाउने सम्भावना रहेको नेताहरू बताउँछन् । एमाले १ नम्बर प्रदेश उपाध्यक्ष टीकाराम चेम्जोङ र जिल्ला अध्यक्ष इन्द्रमणि पराजुलीले पनि टिकटमा दाबी गरिरहेका छन् । चेम्जोङ र पराजुली प्रतिनिधि सभामा बार्गेनिङ गरेर प्रदेशको टिकट लिने दाउमा रहेका जिल्ला कमिटी सदस्यहरू बताउँछन् ।
अघिल्लो पटक वाम गठबन्धन हुँदा संघ र प्रदेशमा माओवादीले टिकट पाएको थिएन । यसपालि लोकतान्त्रिक गठबन्धन हुँदा के हुन्छ भनेर हेर्न बाँकी नै छ तर नेकपा माओवादी केन्द्रका नेताहरू संघमै दाबी गर्न थालेका छन् ।
‘अघिल्लो पटक पनि हाम्रो प्रतिनिधित्व प्रदेश र संघमा भएन । यसपटक हामीले संघीय सांसद्मा दाबी गरेका छौं । हामीले केन्द्रमा नेताहरूलाई भनेका छौं । स्थानीय तहमा कांग्रेसलाई सहयोग गरेका छौं । केन्द्रीय नेतृत्वले बेवास्ता गर्यो भने पार्टीको निर्णयकै विरुद्धमा जान्छौं,’ हेमराज भण्डारीले भने ।
जसपाका नेता रकम चेम्जोङ पनि टिकट लिने दौडमा छन् । चेम्जोङले अघिल्लो निर्वाचनमा सुनिल थापालाई सघाएका थिए । यसपटक भने उनले आफूलाई सहयोग गर्न भन्दै थापालाई फकाइरहेको उनी निकट स्रोतले जनाएको छ । नेकपा एकीकृत समाजवादीले भने प्रदेश सभामा दाबी गर्ने जनाइएको छ ।
स्थानीय तहको मत परिणाममा गठबन्धन झिनो मतले अगाडि
गत स्थानीय निर्वाचनमा एमालेले धनकुटामा ‘क्लीन स्वीप’ गरेको थियो । ‘क्लीन स्वीप’ गरेपछि एमाले अध्यक्ष केपी शर्मा ओली धनकुटा पुगेर तत्कालीन एमाले धनकुटाका अध्यक्ष राजेन्द्रकुमार राईलाई बधाई दिएका थिए । ठट्यौली गर्दै उनले कांग्रेस–माओवादीले धेरै जोरी खोजे राजेन्द्र राईलाई पठाइदिने बताएका थिए ।
सत्ता गठबन्धनका दलहरूले गठबन्धन गरेर गए मात्रै एमाले कमजोर हुने देखिन्छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र नेकपा एकीकृत समाजवादी पार्टीले धनकुटामा मिलेर चुनाव लड्दा मात्रै एमालेसँग प्रतिस्पर्धामा आउन सकिने स्थानीय तहको परिणामले देखाएको छ ।
एकल चुनाव लड्दा तुलनात्मक रूपमा एमाले निकै बलियो रहेको देखिन्छ । नेकपा एमालेले स्थानीय तह निर्वाचन २०७९ मा गठबन्धन दलहरूको मतभन्दा केही कम मात्रै मत पाएको छ ।
वडाध्यक्षहरूले पाएको मत हेर्दा कांग्रेसले २८ हजार १८२, माओवादी केन्द्रले ५ हजार ४५८, नेकपा एकीकृत समाजवादीले १ हजार ७२८ र जनता समाजवादी पार्टीले २ हजार २९२ मत ल्याएका छन् । सबैको मत जोड्दा ३७ हजार ६६० पुग्छ ।
एमाले एक्लैको मत ३६ हजार ३३६ छ । संघ र प्रदेशको निर्वाचनमा गठबन्धनमा केही मत बढ्ने अनुमान गरिएको छ । गठबन्धन हुँदा सबै वडामा गठबन्धनका उम्मेदवार थिएनन् ।
स्थानीय निर्वाचनमा एमालेले ६० वडामध्ये ३१ वडा जितेको छ भने कांग्रेसले २६, माओवादीले २ र जसपाले १ वडा जितेका छन् । ७ स्थानीय तहमध्ये ३ पालिकामा एमाले र ४ पालिकामा कांग्रेसले जितेका छन् । स्थानीय निर्वाचनमा कांग्रेस र माओवादीबीच गठबन्धन भएको थियो ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...