०१ साउन २०८३, शुक्रबार

पाकिस्तानमा पूर्वप्रधानमन्त्री इमरान खानविरुद्ध किन लाग्यो आतंकवादको आरोप ?

भदौ ७, २०७९
पाकिस्तानमा पूर्वप्रधानमन्त्री इमरान खानविरुद्ध किन लाग्यो आतंकवादको आरोप ?

पाकिस्तानको इस्लामाबाद उच्च अदालतले विपक्षी नेता इमरान खानलाई बिहीवारसम्मका लागि राहत दिएको छ । 

एक महिला न्यायाधीश तथा वरिष्ठ प्रहरी अधिकृतहरूलाई धम्क्याएको आरोपमा उनीविरुद्ध आतंकवादको मुद्दा दायर गरिएपछि अदालतले बिहीवारसम्म पक्राउबाट राहत दिएको हो । 

पूर्वप्रधानमन्त्री खानलाई आइतवार प्रतिआतंकवादी ऐनको दफा ७ अन्तर्गत मुद्दा दायर गरिएको थियो । शनिवार इस्लामाबादमा आयोजित आमसभामा उनले दिएको बयानका आधारमा उनलाई पक्राउ गर्न लागिएको हो । 

बहालवाला सरकार इमरान खानको लोकप्रियताबाट डराएर उनीविरुद्ध आतंकवादी मुद्दा लगाएको बताइएको छ । सत्ताबाट बाहिरिएपछि खानको दलले देशभरि भएका विभिन्न निर्वाचनमा विजय प्राप्त गरेपछि सरकार आत्तिएको दाबी गरिँदैछ । खानले पाकिस्तानको सबभन्दा ठूलो पञ्जाब प्रान्त समेत हात पारेका छन् । 

पञ्जाबमा भएको उपनिर्वाचनमा खानको दल पीटीआईले २० मध्ये १६ सीट जितेको थियो । 

कराचीमा पनि खानको दलको उम्मेदवारले अन्य १४ दलहरूको भन्दा दोब्बर बढी मत पाएका छन् । 

पाकिस्तानका सबै प्रमुख शहरमा पीटीआईले बलियो किल्ला बनाएको छ । 

त्यसबाट आत्तिएको सरकार र सेनाले पीटीआईका उम्मेदवार, पत्रकार र युट्युबेहरूलाई पक्राउ गर्दै यातना दिइरहेको बताइएको छ । 

अहिले पाकिस्तानमा एआरवाई न्युज जस्ता सरकारविरोधी मिडियालाई पनि धमाधम बन्द गरिएको छ । खानसमर्थकहरूले सामाजिक सञ्जालमा आफ्नो आक्रोश व्यक्त गरिरहेका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्