२३ जेठ २०८३, शनिबार

अमेरिकी डलर साट्ने बाहनामा एकान्तमा बोलाई लुटपाट गरेको अभियोगमा दुई जना पक्राउ

अमेरिकी डलर साट्ने बाहनामा एकान्तमा बोलाई लुटपाट गरेको अभियोगमा दुई जना पक्राउ

काठमाडौंका विभिन्न स्थानमा अमेरिकी डलर देखाई शृंखलाबद्ध ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । बौद्ध, टोखा, कपनलगायतका क्षेत्रमा सस्तो दररेटमा अमेरिकी डलरसँग नेपाली रुपैयाँ साटिदिने प्रलोभनमा पारी शृंखलाबद्ध ठगी गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन् । 

पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक बाह्रबिसे ३ थलाडाँडा घर भई हाल बौद्ध आरुबारी बस्ने ३२ वर्षीय सन्जय तामाङ र थलाडाँडा नै घर भई ललितपुरको धापाहाइट बस्ने ३१ वर्षीय विष्णु तामाङ रहेका छन् । 

टोखाको युनिक कोलोनीबाट १५ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूको साथबाट ५, १० र २० दरका नेपाली नोट र केही अमेरिकी डलरसमेत बरामद भएको छ । 

उनीहरूले आफूहरूसँग अमेरिकी डलर रहेको भन्दै फोनमार्फत साट्नका लागि एकान्त स्थानमा बोलाउने र ग्राहकसँग भएको लाखौँ रुपैयाँ लुटेर फरार हुने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । उनीहरूले हालसम्म काठमाडौं उपत्यका र उपत्यका बाहिरसमेत गरी ५ वटा यस्तै प्रकृतिका घटना गराएको प्रहरीको दाबी छ ।

salt training

कमेन्ट गर्नुहोस्