३० असार २०८३, मंगलबार

मेलम्ची आयोजनाका लागि बैंक अफ काठमाण्डूले राखेकाे ग्यारेन्टी रकम फिर्ता

मेलम्ची आयोजनाका लागि बैंक अफ काठमाण्डूले राखेकाे ग्यारेन्टी रकम फिर्ता

मेलम्ची खानेपानी आयोजनाका लागि बैंक अफ काठमाण्डू लिमिटेडले ग्यारेन्टीवापत राखेकाे रकम फिर्ता भएकाे छ । बैंकले मेलम्ची आयोजनालाई जारी गरेको एड्भान्स पेमेन्ट ग्यारेन्टीवापतको भुक्तानी रकम अमेरिकन डलर ६६ लाख २५ हजार १० र १४ लाख ११ हजार ४५३ युरो ( करिब १ अर्ब २ कराेड ६३ लाख नेपाली रुपैयाँ )मंगलवार प्राप्त भएको बैंकका प्रमुख कार्यकारी अधिकृत श्रवण मास्केज्यूले जानकारी दिए । 

बैंकले आयोजनाको काम प्रारम्भ गर्ने सिलसिलामा आयोजना परिचालनको लागि आवश्यक रकम चाइना रेल्वे–१५ समूहलाई उपलब्ध गराउने प्रायोजनको लागि मेलम्ची खानेपानी आयोजना हिताधिकारी हुनेगरी चाइना कन्स्ट्रक्सन बैंकको काउन्टर ग्यारेन्टीमा एड्भान्स पेमेन्ट ग्यारेन्टी जारी गरिएको थियो । आयोजनाको काम ठेकेदार कम्पनीले सम्झौताअनुरुप पूरा नगरी बीचमै छोडेको हुँदा मेलम्ची खानेपानी आयोजनाले उक्त ग्यारेन्टीे उपर दाबी गरेकोले बैंक अफ काठमाण्डूबाट ग्यारेण्टीवापतको रकम भुक्तानी गरिएको थियो । 

मेलम्ची खानेपानी आयोजनाको ठेक्का पाएको चाइना रेल्वेका तर्फबाट ग्यारेन्टी बसेको चीनको बैंक चाइना कन्स्ट्रक्सन बैंकले बैंक अफ काठमाण्डू लिमिटेडलाई काउन्टर ग्यारेन्टी दिएको थियो । तर, मेलम्ची खानेपानी आयोजना विकास समिति र ठेकेदार कम्पनी चाइना रेलवे समूह–१५ बीचको विवादका कारण उक्त बैंक ग्यारेण्टी भुक्तानी रोक्न चाइनिज अदालतमा मुद्दा परेकाे थियाे ।

उक्त मुद्दामा अन्तरिम आदेश जारी भएपछि चाइना कन्सट्रक्शन बैंकबाट  पाउनु पर्ने भुक्तानी रकम राेकिएकाे थियाे । त्यसपछि बैंक अफ काठमाण्डूले अन्तर्राष्ट्रिय अभ्यास र ग्यारेण्टीको शर्तबन्देजहरुको पालन गरी भुक्तानी गर्न चीनको हेनान प्रान्तस्थित पिपुल्स् इन्टरमिडिएट कोर्ट तथा हेनान पिपुल्स् उच्च अदालतमा अपिल गरेकाे थियाे । उक्त मुद्दामा सन् २०२२ जुलाई २५ तारिखमा बैंकको पक्षमा फैसला भएको थियाे । 

बैंकबाट मेलम्ची खानेपानी आयोजनालाई जारी गरेको एड्भान्स पेमेन्ट ग्यारेन्टी वापतको भुक्तानी रकम अमेरिकन डलर ६,६२५,०१० र युरो १,४११,४५३ यस बैंक अफ काठमाण्डू लिमिटेडलाई मंगलवार फिर्ता आएको ब्यहोरा बैंकका प्रमुख कार्यकारी अधिकृत श्रवण मास्केले जानकारी दिए । 

बैंकले ग्यारेन्टी वापतको रकम भुक्तानी गर्ने गराउने काममा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्ने नेपाल सरकार तथा सम्बन्धित मातहतका निकायहरू, अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय, खानेपानी मन्त्रालय, गणतन्त्र चीनस्थित नेपाली दूतावास, नेपालस्थित गणतन्त्र चिनियाँ दुतावास, नेपाल राष्ट्र बैंक, मेलम्ची खानेपानी विकास समिति, बैंकका सञ्चालक, कर्मचारी तथा शेयरधनीलगायतलाई धन्यवाद ज्ञापन गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्