१० साउन २०८३, आइतबार

मन्त्रिपरिषद्का १६ निर्णयः उच्चस्तरीय तलब सुविधा आयोग गठनदेखि ५८४ अस्थायी दरबन्दी स्वीकृतसम्म

मन्त्रिपरिषद्का १६ निर्णयः उच्चस्तरीय तलब सुविधा आयोग गठनदेखि ५८४ अस्थायी दरबन्दी स्वीकृतसम्म

भदौ ६ गते बसेको मन्त्रिपरिषद् बैठकले उच्चस्तरीय तलब सुविधा आयोग गठन गर्नेदेखि ५८४ राजपत्रांकित पदहरूको अस्थायी दरबन्दी स्वीकृत गर्नेसम्म्मका विभिन्न १६ वटा निर्णय गरेको छ ।

कर्मचारीहरूको तलब, भत्ता, पारिश्रमिक एवं सुविधा पुनरावलोकन गर्न आवश्यक अध्ययन गरी नेपाल सरकारलाई सिफारिस गर्न पूर्व मुख्यसचिव लीलामणि पौड्यालको संयोजकत्वमा उच्चस्तरीय तलब सुविधा आयोग गठन गरेको छ ।

आर्थिक वर्ष २०७९/०८० को लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत पर्ने २०४ जना राजपत्रांकित पदहरूको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ । त्यसैगरी शहरी विकास मन्त्रालयअन्तर्गत सञ्चालन हुने आयोजना/कार्यक्रमहरू सञ्चालन गर्न आर्थिक वर्ष २०७९/०८० का लागि राजपत्रांकित श्रेणीका ३८० अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ ।

विमानस्थलमा ट्रान्जिट हुने बाहेक विदेशी नागरिकलाई नेपालबाट तेस्रो मुलुकमा जान प्रस्थान अनुमति नदिने गरी २०७८ वैशाख १३ गते भएको मन्त्रिपरिषद्को निर्णय खारेज गर्ने निर्णयसमेत भएको छ ।

हेर्नुहाेस् निर्णयहरू


 

salt training

कमेन्ट गर्नुहोस्