
पछिल्लो २४ घण्टामा मुलुकभर ६३४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल ४ हजार ९४९ नमूना परीक्षण गर्दा ६३४ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार २ हजार ७५७ नमूना पीसीआर विधिबाट परीक्षण गर्दा ३४३ जना र २ हजार १९२ नमूना एण्टीजेन विधिबाट परीक्षण गर्दा २९१ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै सक्रिय संक्रमितको संख्या ४ हजार २२१ पुगेको छ ।
कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको छ ।
संक्रिय संक्रमितमध्ये ४ हजार ४४ जना होम आइसोलसनमा, १७७ जना संस्थागत आइसोलेसन, ५२ जना आईसीयू र ३ जनाको भेन्टिलेटरमा राखी उपचार भइरहेको छ ।
त्यसैगरी विगत २४ घण्टामा ४१७ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् ।