२४ जेठ २०८३, आइतबार

ब्रिटेनमा स्वास्थ्यकर्मी निर्यात गर्ने सरकारको सम्झौता निन्दनीय छ : भीम रावल

ब्रिटेनमा स्वास्थ्यकर्मी निर्यात गर्ने सरकारको सम्झौता निन्दनीय छ : भीम रावल

नेकपा एमालेका नेता भीमबहादुर रावलले ब्रिटेनमा स्वास्थ्यकर्मी निर्यात गर्ने सरकारको सम्झौता निन्दनीय रहेको बताएका छन् ।

मंगलवार साँझ सामाजिक सञ्जाल ट्विटरमा लेख्दै नेता रावलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले ब्रिटेनमा स्वास्थ्य जनशक्तिको अभावले स्वास्थ्य क्षेत्र ध्वस्त हुने प्रतिवेदन आएको २ दिनमै  स्वास्थ्यकर्मी निर्यात गर्ने राष्ट्रहित विरोधी निर्णय गरी सम्झौता गरेको जनाएका छन् ।

उनले लेखेका छन्, ‘नेकां सभापति देउवा सरकारले ब्रिटेनमा स्वास्थ्य जनशक्तिको अभावले स्वास्थ्य क्षेत्र ध्वस्त हुने प्रतिवेदन आएको २ दिनमै स्वास्थ्यकर्मी निर्यात गर्ने राष्ट्रहित विरोधी निर्णय गरी हालै सम्झौता गरेको छ । देशमा नै अपर्याप्त, ठूलो लगानीबाट तयार स्वास्थ्य जनशक्तिको निर्यात निन्दनीय छ ।’

salt training

कमेन्ट गर्नुहोस्