०५ असार २०८३, शुक्रबार

यस्तो छ नेपाल–चीन सैन्य अभ्यासको तयारी

कात्तिक २०, २०७४
यस्तो छ नेपाल–चीन सैन्य अभ्यासको तयारी
काठमाडौं, २१ पुस-चिनियाँ जनमुक्ति सेनाले आगामी २८ माघमा संयुक्त सैन्य अभ्यास गर्ने प्रस्ताव गरेको छ । गत साता काठमाडौं आएको चिनियाँ सेनाको टोली र नेपाली सैनिक अधिकारीको बैठकमा चीनले उक्त मिति प्रस्ताव गरेको हो । स्रोतका अनुसार प्रस्तावित मितिमा नेपाली सेनाले सहमति जनाएको छ । तर, चिनियाँ सेनासँग अर्को बैठकमा सैन्य अभ्यासको मिति, स्थान र प्रक्रियाको औपचारिक निर्णय हुनेछ । यद्यपि दुवै पक्षले सैन्य अभ्यास हुने दिन र स्थानबारे औपचारिक घोषणा गरेका छैनन्, आजको नयाँ पत्रिकाले खबर छापेको छ ।nepal army
‘अघिल्लो साता चिनियाँ सेनासँग इनिसिएल प्लानिङ कन्फ्रेन्स (प्रारम्भिक योजना बैठक) काठमाडौंमा सम्पन्न भएको छ, अब अन्तिम योजना बैठक बसेर त्यसबारे टुंगो लाग्छ,’ सैनिक प्रवक्ता सहायकरथी ताराबहादुर कार्कीले भने, ‘पहिलो बैठकमा प्रस्ताव राखिएको छ, दुवैतर्फका विषय प्रस्तुत भएका छन् ।’ उनका अनुसार दुवै पक्षलाई मान्य हुने मिति, स्थान र अन्य प्रक्रियागत विषय अर्को बैठकबाट टुंगो लाग्नेछ । स्रोतका अनुसार सैन्य अभ्यासको नाम ‘प्रतिकार’ प्रस्तावित छ।
हालसम्म नेपालको संयुक्त सैन्य अभ्यास भारत र अमेरिकासँग मात्रै थियो । पहिलोपटक उत्तरी छिमेकीसँग नेपालको संयुक्त सैन्य अभ्यास हुँदै छ । ‘छिमेकी र उदाउँदो शक्तिराष्ट्रसँग सैन्य अभ्यास राख्नु कूटनीतिक र सामरिक सन्तुलनका लागि यो अर्थपूर्ण छ, यो राष्ट्रहितका पक्षमा छ,’ सामरिक मामिलाविज्ञ गेर्जा शर्मा वाग्लेले भने, ‘भारत यसमा उत्तेजित वा प्रतिक्रियात्मक हुनु आवश्यक छैन ।’


दक्षिण एसियाको सबैभन्दा पुरानो नेपाली सेनासँग चिनियाँ सेनाले संयुक्त अभ्यासका लागि पहिलोपटक प्रस्ताव गरेको हो । गत वर्ष प्रधानसेनापति राजेन्द्र क्षत्रीको चीन भ्रमणमा चिनियाँ सेनाप्रमुखसँग यसबारे कुराकानी भएको सैनिक स्रोतले बतायो । रक्षामन्त्री बालकृष्ण खाणको हालै चीन भ्रमणमा पनि चिनियाँ अधिकारीले यसबारे कुराकानी गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्