३० असार २०८३, मंगलबार

ताहचलमा खोलियो अस्थायी ‘रोमानियन मिसन’

ताहचलमा खोलियो अस्थायी ‘रोमानियन मिसन’

सरकारले वैदेशिक रोजगारका लागि रोमानिया जाने श्रमिकको सहजताका लागि वैदेशिक रोजगार कार्यालय ताहचलमा अस्थायी ‘रोमानियन मिसन’ स्थापना गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोमानिया जाने श्रमिकको आवश्यक भिसा प्रक्रियालाई सरल, सहज र पहुँचयोग्य बनाउन अस्थायी मिसन स्थापना गरेको हो । 

यसअघि रोमानिया जाने नेपालीले रोजगारीका लागि सम्झौता पाइसकेपछि भिसा प्राप्तिका लागि आवेदन दिन भारतमा रहेको रोमानियन राजदूतावासमा जानुपर्ने अवस्था थियो । भिसा प्राप्तिका लागि दिल्ली जानुपर्ने अवस्थाका कारण धेरै नेपाली युवाको अतिरिक्त समय र पैसा खर्च हुने गरेको थियो । 

नेपाली श्रमिकको गुनासोलाई सम्बोधन गर्न सम्बद्ध निकायको समन्वयमा नेपाली नागरिकले रोमानियामा प्राप्त गरेको रोजगारी गुम्न नदिन मिशन स्थापना गरिएको मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले जानकारी दिए । 

उक्त मिसनले नेपालबाट रोमानियाका लागि रोजगारी तथा अन्य सन्दर्भमा जान चाहने नेपाली नागरिकको भिसा आवेदन प्रक्रियाको सहजीकरण गर्नेछ । मिसनले प्रवाह गर्ने सेवा प्रक्रियामा श्रम तथा रोजगार कार्यालय, ताहाचलले आवश्यक समन्वय गर्नेछ । नेपालबाट रोमानियामा वैदेशिक रोजगारीका सन्दर्भमा जान चाहने नेपाली नागरिकले नेपालमा अस्थायीरूपमा स्थापना गरिएको रोमानियन मिसनमा तोकिएको भिसा शुल्कबाहेक कहीँकतै कुनै प्रकारको रकम नबुझाउन वा अन्य कुनै पनि प्रकारका प्रलोभनमा नपर्न सम्बद्ध सबैमा मन्त्रालयले अनुरोध गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्