भारत र अमेरिकाले संयुक्त युद्ध अभ्यास गर्ने भएपछि छिमेकी चीनले आपत्ति जनाएको छ ।
नेपालसँग सीमा जोडिएको प्रदेश उत्तराखण्डको औली चिनियाँ सीमा नजिक पर्छ । चिनियाँ सीमा नजिक अमेरिकी सेना ल्याएर युद्ध अभ्यास हुने भएपछि चीनले आपत्ति जनाएको हो ।
भारत र चीनको सीमा विवादमा अमेरिकालाई नल्याउन समेत चीनले भारतलाई चेतावनी दिएको छ । भारत र चीनबीच विवादित सीमा क्षेत्रमा युद्ध अभ्यास नगर्ने सहमति भएको थियो ।
चीनको सैनिक राष्ट्रिय प्रतिरक्षाका वरिष्ठ कर्नल तान केफेईले अक्टुबरमा भारत र अमेरिकाले गर्न लागेको युद्ध अभ्यासबारे प्रतिक्रिया दिँदै भनेका छन्, ‘चीन र भारतबीच रहेको सीमा विवादमा तेस्रो पक्षको संलग्नताको हामी पूर्ण विरोध गर्दछौं ।’
संवाद र छलफलबाट समस्या समाधान हुनसक्नेमा सीमा नजिकै युद्ध अभ्यास गर्दा क्षेत्रीय शान्ति र स्थिरतामा समस्या उत्पन्न हुनसक्ने चीनले जनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा उल्लेख छ ।