०५ असार २०८३, शुक्रबार

बुटवलमा डेंगु संक्रमितको मृत्यु

बुटवलमा डेंगु संक्रमितको मृत्यु

बुटवलमा डेंगु संक्रमित १ जना बिरामीको मृत्यु भएको छ ।

अर्घाखाँचीको मालारानी गाउँपालिका–१ घर भई हाल बुटवल उपमहानगरपालिका–११ बस्ने ७६ वर्षीय चुरामणि आचार्यको डेंगुका कारण मृत्यु भएको हो ।

केही दिनदेखि अस्वस्थ रहेका आचार्यलाई बुधवार थप परीक्षणपछि बिहीवार काठमाडौं लैजाने तयारी गरिएको थियो । बिहीवार थप उपचारका लागि काठमाडौंबाट छोरा टेकराज आचार्य आएर लैजाने तयारी गरेको समयमा दिउँसो मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । 

आचार्य अर्घाखाँचीको तत्कालीन मरेङ गाविसको पूर्व उपाध्यक्ष हुन् । केही हप्तायता रुपन्देहीमा डेंगुका बिरामी दिनहुँ बढेका छन् । 

बुटवलमा सरकारी तथा निजी अस्पतालमा गम्भीर प्रकृतिका बिरामीको संख्या बढेको वरिष्ठ फिजिसियन डा. नन्दु पाठकले बताए ।

salt training

कमेन्ट गर्नुहोस्