०१ असार २०८३, सोमबार

देशभर हप्ताभरि सामान्य बदली रहने

देशभर हप्ताभरि सामान्य बदली रहने
प्रतिकात्मक तस्वीर

साताभर नै देशभर आंशिकदेखि सामान्य बदली रहने भएको छ ।

जल तथा मौसम विज्ञान विभागले एक बुलेटिन निकालेर साताभर नै देशभर आंशिकदेखि सामान्य बदली रही हप्ताको शुरू तथा मध्यतिर देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा र साताको अन्त्यमा थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ । 

हप्ताको शुरू तथा मध्यतिर प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भूभागका १–२ स्थानमा मेघगर्जन चट्याङसहित भारी वर्षाको पनि सम्भावना समेत छ ।

विभागका अनुसार देशका अधिकांश भू–भागमा अधिकतम तापक्रम हल्का घट्ने र न्यूनतम तापक्रम हल्का बढ्ने सम्भावना रहेको छ भने हिमाली भेगको तापक्रममा उल्लेखनीय परिवर्तन नहुने बताइएको छ । 

हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ । शुक्रवार देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका १–२ स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणानुसार शुक्रवार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २० दशमलव ९ डिग्री र अधिकतम तापक्रम ३१ दशमलव २ डिग्री सेल्सियस रहेको छ । शुक्रवार सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १४ दशमलव ० डिग्री र सबैभन्दा धेरै दिपायलको अधिकतम तापक्रम ३६ दशमलव ४ डिग्री सेल्सियस छ ।

salt training

कमेन्ट गर्नुहोस्