२५ असार २०८३, बिहीबार

माओवादीले गर्नुपर्ने काम गरेको भन्दै प्रचण्डले गरे हर्क साम्पाङको प्रशंसा

माओवादीले गर्नुपर्ने काम गरेको भन्दै प्रचण्डले गरे हर्क साम्पाङको प्रशंसा
तस्वीरः सीएम प्रचण्ड फेसबुक पेजबाट

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धरानपुगेर श्रमदान गरेका छन् । धरानका मेयर हर्क साम्पाङले श्रममा सहभागी हुन आह्वान गरेपछि प्रचण्डले शुक्रवार पूर्व गएको मौकामा धरान पुगेर वृक्षरोपन गरेका हुन् । 

प्रचण्डले सर्दु खोलाको मुहान क्षेत्र जाने ओसो पार्कमा वृक्षरोपन गरेका हुन् । वृक्षरोपनमा सहभागी भएपछि उनले धरान र त्याहाँको नेतृत्वको कामलाई सिंगै देशले गम्भीरतापूर्वक हेरिरहेको बताए । 

‘म के भन्न चाहन्छु भने हामी कम्युनिस्टहरूले अझ खासगरी माओवादीले गर्नुपर्ने काम उहाँले गरिराख्नुभा छ । म पार्टीका साथी र जनतालाई हर्कको व्यवहार आचरणबाट प्रेरणा लिन आग्रह गर्छु’, उनले भने, ‘यसमा डटिराख्नुस्, जनतासँग जोडिइराख्नुस्, मेरो र हाम्रो साथ रहिरहनेछ ।’ 

प्रचण्डले धरानका मेयर र उपमेयरको जोडी मिलेको प्रतिक्रिया दिएका छन् । ‘उपमेयर हाम्रो पार्टीबाट हुनुहुन्छ । उहाँहरूको जोडी असाध्यै मिलेको देखिएको छ । अनुहार पनि मिलेको छ । काम पनि मिलेको छ’, उनले भने ।

धरानका उपमेयर आइन्द्रविक्रम बेघा माओवादी केन्द्रका तर्फबाट निर्वाचित भएका थिए । 

यसअघि काठमाडौं भ्रमणका क्रममा मेयर हर्क साम्पाङले प्रचण्डलाई खुमलटारमै भेटी धरान आएर श्रममा सहभागी हुन निम्तो गरेका थिए । प्रचण्ड र साम्पाङको भेटको चाँजोपाँजो उपमेयर बेघाले नै मिलाएका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्