०५ साउन २०८३, मंगलबार

माओवादी केन्द्रले फिर्ता बोलायो कर्णालीका आफ्ना दुई मन्त्री

माओवादी केन्द्रले फिर्ता बोलायो कर्णालीका आफ्ना दुई मन्त्री

नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेश सरकारमा आफ्नो पार्टीको तर्फबाट सहभागी दुई जना मन्त्रीलाई फिर्ता बोलाएको छ । कार्यकाल सकिन केही महिनामात्र बाँकी रहेको अवस्थामा माओवादी केन्द्रले दुई मन्त्रीलाई फिर्ता बोलाएको हो । 

माओवादी स्रोतका अनुसार कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्ट र ऊर्जा तथा जलस्रोतमन्त्री गणेशप्रसाद सिंहलाई फिर्ता बोलाइएको छ । 

पार्टीको भागमा परेको उक्त दुई मन्त्रालयलमा अब जाजरकोटकी सांसद कृष्णा शाह र रुकुम पश्चिमका रातो कामीलाई पठाउने तयारी भइरहेको बताइएको छ । 

कर्णाली प्रदेशसभामा माओवादी केन्द्रका ११ सांसद छन्, जसमध्ये ९ जना मन्त्री भइसकेका छन् । मन्त्री हुन बाँकी रहेका कृष्णा शाह र रातो कामी पनि अन्तिम समयमा मन्त्री बन्ने भएको एक नेताले बताए । 
 

salt training

कमेन्ट गर्नुहोस्