जर्मनीकी परराष्ट्रमन्त्री आन्नालेना बाएरबोकले युक्रेनलाई दिनका लागि आफूहरूसँग हतियार नभएको जेडडीएफ टीभीसँगको अन्तर्वार्तामा बताएकी छन् ।
‘दुर्भाग्यवश, अहिले हाम्रो हतियार भण्डार खाली भएको छ,’ उनले भनिन्, ‘आफ्नो भण्डारको हतियार दिने भन्दा पनि युक्रेनका लागि हतियार उत्पादन गर्नुपर्ने भएको छ ।’
भोलोदीमीर जेलेन्स्की सरकारलाई थप हतियार चाहिएको कुरा आफूहरूलाई थाहा भएको तर बर्लिनले पनि भविष्यको बारेमा सोच्नुपर्ने बाएरबोकको भनाइ छ ।
रुसले युक्रेनविरुद्ध सैन्य कारवाही शुरू गरेपछि जर्मनीले युक्रेनलाई प्रतिज्ञा गरेको हतियार पनि नदिएको भन्दै चान्सलर ओलाफ शोल्जको आलोचना भइरहेको छ ।