सिद्धार्थ बैंक लिमिटेड र नेपालगन्जस्थित कल्पतरु होटल एण्ड कौशिकी बैंकेटबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट नेपालगन्ज शाखा प्रमुख किरण राणामगर तथा कल्पतरु होटल एण्ड कौशिकी बैंकेटका तर्फबाट प्रबन्ध निर्देशक कन्हैया लाल वैश्यले हस्ताक्षर गरेका छन् ।
उक्त सम्झौताअनुसार बैंकका ग्राहकहरूले कल्पतरु होटल एण्ड कौशिकी बैंकेटमा सिद्घार्थ बैंकको डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाईल बैंकिङमार्फत होटल बसाइँ तथा पेय पदार्थ सेवाको भुक्तानी गर्दा ३० प्रतिशतसम्मको छुट र खाना, बेबरेज तथा कार्यक्रम सेवाको भुक्तानी गर्दा १५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् । यस सुविधाले ग्राहकहरूलाई छुटको सुविधा उपलब्ध हुनुका साथै नगद कारोबारबाट डिजिल कारोबारमा जान उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।
बैंकले ग्राहकहरूलाई डिजिटल बैंकिङ माध्यमतर्फ प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरू सञ्चालनमा ल्याउँदै आएको छ । ग्राहकमैत्री प्रविधिहरू भित्र्याउने क्रममा बैंकले विभिन्न डिजिटल बैंकिङ सेवाहरूजस्तै अनलाइनबाटै बचत, मुद्दती र डिम्याट खाता खोल्न सकिने, डेबिट र क्रेडिट कार्डका लागि आवेदन दिन सकिने जस्ता सुविधाहरु आफ्नो वेबसाइटमा रहेको इजिबैंक पोर्टलमार्फत प्रदान गर्दै आएको छ ।
डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिद्धार्थ बैंकको वेबसाइटमा प्राप्त गर्न सकिने छ ।