१२ असार २०८३, शुक्रबार

पाकिस्तानमा १६ महिना जेल बसेका सुकबहादुरको नेपाल पनि लागुऔषधकै धन्दा

पाकिस्तानमा १६ महिना जेल बसेका सुकबहादुरको नेपाल पनि लागुऔषधकै धन्दा

अवैध लागूऔषध, नक्कली पैसा र अखेटोपहारसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पाकिस्तानमा १६ महिना जेल बसेर नेपालमा फर्केका धादिङ खनियावास–१ का सुकबहादुर तामाङलाई फेरि लागुऔषध, नक्कली मुद्रा र वन्यजन्तुको अखेटोपहारसहित लागुऔषध नियन्त्रण ब्यूरोले पक्राउ गरेको हो ।

सुकबहादुर पेटमा १ किलो खैरो हेरोइन श्रीलंका लैजाने क्रममा २०७४ माघ ४ गते पाकिस्तानको लाहोर एयरपोर्टबाट पक्राउ परेको थिए । उनी १६ महिना पाकिस्तानमा जेल बसेर नेपाल फर्केको ब्यूरोका प्रवक्ता एसपी योगेन्द्रकुमार खड्काले जानकारी दिए । 

प्रहरीले उनलाई लागुऔषध एम्फेटामाईन प्रतिग्राम १० हजारका दरले बिक्री गर्न जाँदा तारकेश्वर नगरपालिका–१० लोकतान्त्रिक चोकबाट पक्राउ गरेको थियो । 

प्रहरीका अनुसार उनले एम्फेटामाइन (आइस) ७९ ग्राम थाइल्याण्डबाट आफैँले ल्याएका थिए । प्रहरीले उनका साथबाट ४ केजी ९५ ग्राम चरेस, ९० ग्राम गाँजा, ३ लाख ७५ हजार नेपाली रुपैयाँ, २३६ थान नक्कली अमेरिकन डलर, नक्कली १ हजारको नोटसमेत बरामद गरेको छ । 

यसका साथै पाकिस्तान, भुटान, म्यानमार, माल्दिभ्स, फिलिपिन्स, दुबई, मलेसिया, भारत, र बंगलादेशको मुुद्रासमेत बरामद गरेको छ । उनको साथबाट सालकको ११ वटा खपेटा,  जनावरको दाँत ६ वटा, पंक्षीको खुट्टा ३ वटा, जनावरको हड्डी ८ वटा बरामद गरिएको ब्यूरोले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्