
मधेश प्रदेश सरकारले न्यायका लागि संघर्ष गरिरहेकी निहारिका राजपुतलाई ५ लाख रुपैयाँ सहयोग प्रदान गर्ने निर्णय गरेको छ । मधेश प्रदेश सरकारको शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले न्यायका लागि संघर्ष गरिरहेकी निहारिकालाई रु पाँच लाख सहयोग गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले जानकारी दिए ।
मन्त्री साहले निहारिकालाई कानूनी लडाइँका लागि मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाको सिफारिसमा सो रकम सहयोग गरिएको जानकारी दिए् । उनले न्यायाधिवक्ता कार्यालयबाट निहारिकालाई आवश्यक सहयोगसमेत प्रदान गरिने जानकारी दिए ।