११ साउन २०८३, सोमबार

भदौ २० सम्ममा कांग्रेस उम्मेदवारको नाम सिफारिस गरिने [परिपत्रसहित]

भदौ २० सम्ममा कांग्रेस उम्मेदवारको नाम सिफारिस गरिने [परिपत्रसहित]

नेपाली कांग्रेसले आगामी प्रतिनिधि सभा र प्रदेश सभामा उम्मेदवार बन्नेको नाम भदौ २० गतेसम्म सिफारिस गर्न तल्लो कमिटीलाई निर्देशन दिएको छ । महामन्त्री गगनकुमार थापाले प्रदेश कार्य समिति, जिल्ला कार्यसमिति, प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति र प्रदेशसभा क्षेत्रीय कार्यसमितिलाई परिपत्र पठाउँदै भदौ २० गतेसम्म उम्मेदवारको नाम सिफारिस गर्न निर्देशन दिएका हुन् । 

परिपत्रमा प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिबाट भदौ १६ सम्ममा जिल्ला कार्यसमिति, भदौ १८ गतेसम्म जिल्ला कार्यसमितिले प्रदेश कार्यसमिति र प्रदेश कार्य समितिले भदौ २० गतेसम्ममा केन्द्रीय कार्य समितिमा नाम सिफारिस गर्नुपर्ने उल्लेख छ । 

उम्मेदवारको नाम सिफारिस गर्दा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ बढीमा ३ जना र समानुपातिकतर्फ कम्तीमा एक महिलासहित २ जनाको नाम सिफारिस गर्न भनिएको छ । 

हेर्नुहाेस् कांग्रेसकाे परिपत्र


 

salt training

कमेन्ट गर्नुहोस्