१५ असार २०८३, सोमबार

निर्वाचन सुरक्षामा केन्द्रित हुन कमाण्ड सेनापतिहरूलाई प्रधानसेनापतिको निर्देशन

निर्वाचन सुरक्षामा केन्द्रित हुन कमाण्ड सेनापतिहरूलाई प्रधानसेनापतिको निर्देशन

नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सुरक्षामा केन्द्रित हुन कमाण्ड सेनापतिहरूलाई निर्देशन दिएका छन् । शुक्रवार कमाण्ड सेनापतिहरूको दुई दिने समन्वयात्मक बैठकलाई समापन गर्दै प्रधानसेनापति शर्माले चारवटै कमाण्डका कमाण्ड सेनापतिहरूलाई निर्वाचनको सुरक्षामा केन्द्रित हुन निर्देशन दिएका हुन् । 

उनले नेपाल सरकारबाट प्राप्त हुनसक्ने जस्तोसुकै जिम्मेवारी बहन गर्न तयारी अवस्थामा रहनका साथै आफ्नो जिम्मेवारी क्षेत्रभित्र हुन सक्ने सुरक्षा चुनौतीहरुलाई सुक्ष्म अध्ययन तथा विश्लेषण गरी सोहीअनुसार अन्य सुरक्षा निकायसँगको सहकार्य गर्न प्रधानसेनापति शर्माले निर्देशन दिए ।  उनले अन्य सुरक्षा निकायका अधिकारीहरूसँग सुरक्षा अवस्थाको बारेमा सूचना आदानप्रदान गर्नुपर्नेमा जोड दिँदै नेपाली सेनाले निर्वाह गर्नुपर्ने सम्भावित भूमिकाको लागि तयारी हालतमा रहन निर्देशन दिए । उनले निर्वाचन सम्बन्धी सम्पूर्ण कार्य उत्कृष्ट ढंगले सम्पन्न गर्न निर्देशन दिए । 

राष्ट्रिय, क्षेत्रिय तथा अन्तर्राष्ट्रिय परिवेशको गहन समिक्षा गरी उत्पन्न हुन सक्ने सम्भावित सुरक्षा चुनौतीहरु माथि सुक्ष्म विश्लेषण सहित शुरु भएको उक्त बैठकमा चारवटै कमाण्डका कमाण्ड सेनापति, जङ्गी अड्डाका विभिन्न विभाग, महानिर्देशनालय तथा निर्देशनालयहरुबाट विगतको कार्यको समिक्षा तथा वर्तमान गतिविधिहरु समेटी प्रस्तुतिकरण भएको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्