०२ साउन २०८३, शनिबार

ज्येष्ठ नागरिकको घरमै निःशुल्क स्वास्थ्य परीक्षण

ज्येष्ठ नागरिकको घरमै निःशुल्क स्वास्थ्य परीक्षण

कञ्चनपुरको भीमदत्त नगरपालिकाले ज्येष्ठ नागरिकको घरमै गएर निःशुल्क स्वास्थ्य परीक्षण गर्न सुरु गरेको छ । 

नगरपालिकाका नगर उपप्रमुख निलम जोशी लेखकले आजदेखि ७५ वर्ष माथिका ज्येष्ठ नागरिकको घरदैलोमा गएर निःशुल्क आधारभूत स्वास्थ्य परीक्षण गर्न सुरु गरिएको बताइन् । 

“हामीले चुनावको बेला गरेको प्रतिबद्धताअनुसार ज्येष्ठ नागरिकको घरमै गएर निःशुल्क स्वास्थ्य परीक्षण गरिरहेका छौँ”, उनले भनिन्, “स्वास्थ्य परीक्षण १९ वटै वडामा सञ्चालन हुनेछ ।” नगरपालिकाले वडा–८ स्थित भानु टोलबाट स्वास्थ्य परीक्षण सुरु गरेको हो । पहिलो दिन २७ ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरिएको छ । 

वृद्धवृद्धाको ब्लड प्रेसर, ज्वरो, सुगर जाँच गरेर औषधि वितरण गरिएको वडा–८ का अध्यक्ष मदनराज मिश्रले जानकारी दिए । उनकाअनुसार वडामा एक सय ८० ज्येष्ठ नागरिक छन् । ती सबैको स्वास्थ्य परीक्षण गरिने उनले जानकारी दिए । 

नगरपालिकाका स्वास्थ शाखा प्रमुख नरेन्द्रराज जोशीले हरेक महिना ज्येष्ठ नागरिकको घरदैलोमा पुगेर स्वास्थ्य सेवा दिने नगरपालिकाको नीतिअनुसार शुक्रबारदेखि सेवा सुरु गरिएको जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्