
प्रहरीले पक्राउ गर्ने क्रममा हत्कडीसहित भागेका कैलालीको जोशीपुर गाउँपालिका–४ का २८ वर्षीय शंकर चौधरी पक्राउ परेका छन् ।
बुवालाई कुटपिट गरेको आरोपमा प्रहरीले पक्राउ गर्न खोज्दा उनी भागेका थिए । भागेका चौधरीलाई जोशीपुर गाउँपालिका–४ हसानापुर पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले जानकारी दिए ।
उनलाई ईलाका प्रहरी कार्यालय भजनीको नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको छ ।
चौधरीको साथबाट ४७ किलो गाँजा समेत फेला परेको प्रहरीले जनाएको छ ।