१९ असार २०८३, शुक्रबार

सरकारी इन्जिनियरको घरमा छापा, झण्डै ६ कराेड रुपैयाँ कालाेधन प्राप्त

भदौ ११, २०७९
सरकारी इन्जिनियरको घरमा छापा, झण्डै ६ कराेड रुपैयाँ कालाेधन प्राप्त

भारतको पटनास्थित सरकारी इन्जिनियरको घरमा अनुगमन विभागको टोलीले छापा मारेको छ । विभागले इन्जिनियर सञ्जयकुमार रायको घरमा छापा मार्दा ३.६ करोड भारतीय रुपैयाँ (करिब ६ करोड नेपाली रुपैयाँ) बराबरको नगद तथा गरगहना फेला परेको छ । 

विभागको टोलीले करिब १ करोड भारतीय रुपैयाँ नगद र अढाई करोड रुपैयाँभन्दा बढीको गरगहना फेला पारेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । 

विभागको टोलीले उनको घरबाट केही महत्वपूर्ण कागजातहरूसमेत फेला पारेको छ । इन्जिनियर रायको पोस्टिङ किशनगञ्जमा छ । अनुगमन विभागको टोलीले उनले गैरकानूनी रूपमा धन आर्जन गरेको आशंकामा छापा मारेको थियो । 

अनुगमन विभागका डीएसपी अरुणकुमार पासवानको नेतृत्वमा उनको घरमा शनिवार छापा मारिएको थियो । पटना र अन्य ठाउँमा पनि छापा मार्ने काम भइरहेको जनाइएको छ । उनी पटनास्थित ग्रामीण निर्माण विभागमा इन्जिनियरका रुपमा कार्यरत थिए । 

किशनगञ्जको घरमा पनि छापा

पटनाबाहेक उनको किशनगञ्जस्थित घरमा पनि छापा मारिएको छ । अधिकारी किशनगञ्ज कार्यालयमा तैनाथ छन् । अधिकारीको घर किशनगंजको लाइन मोहल्लामा छ । 

बिहारका ४ स्थानमा छापा मारिएको छ जसमा किशनगञ्जका ३ र पटनाको १ स्थान रहेको छ । किशनगञ्जका तीन ठाउँमा छापा मार्दा एक ठाउँमा इन्जिनियरको निजी सचिवको घरबाट समेत २ करोड ५० लाख भारतीय रुपैयाँ बरामद भएको छ । यो संख्या अझै बढ्न सक्ने आकलन गरिएको छ । सोही क्रममा विभागका लेखापाल खुर्रम सुल्तानको घरमा दोस्रो छापा मारेर ११ लाख रुपैयाँ बरामद गरिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्