११ असार २०८३, बिहीबार

बुबाको मुख हेर्ने दिनमा ‘महापुरुष’ फिल्मको ‘बा’ गीत रिलिज

बुबाको मुख हेर्ने दिनमा ‘महापुरुष’ फिल्मको ‘बा’ गीत रिलिज

बुबाको मुख हेर्ने दिनको अवसर पारेर शनिवार चलचित्र ‘महापुरुष’को ‘बा’ शीर्षकको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा कवि नवराज पराजुलीको शब्द र ऋदम कँडेलको संगीत, संगीत संयोजन एवं स्वर छ । 

चलचित्रको चल÷अचल दृश्यहरू गीतमा समावेश गरिएको छ । बुबा र सन्तानबीचको सम्बन्धलाई देखाइएको गीत मर्मस्पर्शी छ । चलचित्रका मुख्य कलाकारहरू अभिनेता हरिवंश आचार्य, नव–अभिनेता अरुण क्षेत्रीलगायतलाई गीतमा देखाइएको छ । 

प्रदीप भट्टराई लिखित एवं निर्देशित चलचित्र ‘महापुरुष’ कात्तिक ११ गते (भाइटीकाको भोलिपल्ट)बाट देशव्यापी प्रदर्शनमा आउँदैछ । 

सामाजिक विषयवस्तुमा निर्माण गरिएको चलचित्रमा हरिवंश र अरुणका अलावा मदनकृष्ण श्रेष्ठ, गौरी मल्ल, अन्जना बराइली, रविन्द्र सिंह बानियाँ, राजाराम पौडेललगायतको शीर्ष भूमिका छ । 

षट्कोण आर्ट्सको प्रस्तुति रहेको चलचित्रका कार्यकारी निर्माता रविन्द्र सिंह बानियाँ हुन् भने निर्माताको रूपमा म्याक्स दिपेश खत्री छन् । दीपक बज्राचार्यको छायांकन रहेको चलचित्रलाई मित्र डि. गुरुङले सम्पादन गर्नेछन् ।

salt training

कमेन्ट गर्नुहोस्